आज नेपालको एतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय म्याच

काठमाडौं, साउन १६ गते ।
नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ । कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ ।

नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, अफ्रिका ११ एसिया ११, र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्।

‘वर्षौंदेखि नेपाली क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूले गरेको मिहिनेत, इमानदारिता र कामको फल उब्जेको दिन हो आज,’ पारसले नेदरल्यान्ड्सबाट कान्तिपुरसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको दिनलाई व्याख्या गरे। उनकै कप्तानीमा नेपालले २०१४ मा टवान्टी–२० विश्वकप खेलेको थियो। अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक कदम पाइला बढाएको हो।

नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरे पनि वरीयतामा आउन कम्तीमा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ। नेदरल्यान्ड्ससँग नेपालले दुई खेल खेल्नेछ।

हाल युरोप भ्रमणमा रहेको नेपालले स्कटल्यान्डसँग पनि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम बनेको थियो। खर्च अभावमा स्कटल्यान्डले पछि खेल्न मानेन। त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा आउन केही समय कुर्नुपर्ने भएको छ।

‘हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भनेर सोच्दा नै अचम्म लाग्छ,’ कप्तान पारसले आईसीसीसँग भनेका छन्। आठ वर्षअघि मात्र नेपाल विश्व क्रिकेट लिगको डिभिजन ५ मा थियो। डिभिजन क्रिकेटमा यो सबैभन्दा पुछारको लिग थियो त्यतिखेर।

यसका लागि नेपालले लामो यात्रा तय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २२ वर्षपछि नेपाल यो स्थितिमा आइपुगेको हो। विश्व क्रिकेट लिगको मुख्य संरचनामा त नेपाल १० वर्षअगाडि मात्र आएको हो। विश्व क्रिकेट लिगको संरचनामा नआई कुनै राष्ट्र माथिल्लो श्रेणीमा पुग्न सक्दैन।

सन् २०१२ मा डिभिजन ४ र २०१३ मा डिभिजन ३ जितेको नेपाल २०१४ को विश्वकप छनोटबाट रेलिगेसन भएपछि डिभिजन ३ मा झरेको थियो। अर्को वर्ष पुन: डिभिजन ३ जितेको नेपालले डिभिजन २ मा अडिएर विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।

च्याम्पियनसिपमा ८ टोलीमा सातौं भएको नेपालले फेब्रुअरीमा पुन: डिभिजन २ खेलेको थियो। फाइनल पुगेर विश्वकप छनोटमा पुगेको नेपालले त्यही आठौं स्थान हात पारेपछि ऐतिहासिक छलाङ मार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

‘आशा छ हामीले यो प्रदर्शनलाई निरन्तरता दिनेछौँ किनभने हाम्रो आगामी लक्ष्य टेस्ट खेल्ने राष्ट्र बन्नु हो,’ पारसले भने, ‘हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन धेरै मिहिनेत गर्यौं। नेदरल्यान्ड्ससँगको खेल हामीलाई प्रस्फुटन हुने मौका पनि हो। यहाँको अनुभवको आनन्द लिँदै राम्रो प्रदर्शन गर्ने आशा लिएका छौँ।’

नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महŒवपूर्ण बनेको छ ।

नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो । त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ ।

५० ओभरको क्रिकेटमा नेपालविरुद्ध नेदरल्यान्ड्स
कुल खेल : ५
नेपाल विजयी : २
नेदरल्यान्ड्स विजयी : ३

Comment with Facebook

Share This News !

Ads




shares