सिटी उपाधिको बाटोमा

लन्डन ,माघ २९ गते।

पेप ग्वार्डिओलाले सर्जियो एगुरोलाई म्यानचेस्टर सिटीका लागि वास्तविक नायकका रूपमा आइतबार राति प्रशंसा गरेका छन् । अर्जेन्टिनी खेलाडी एगुरोले दोस्रो हाफमा गरेको चार गोल मद्दतले इंग्लिस प्रिमियर लिगमा सिटीले लेस्टर सिटीमाथि ५–१ को आरामदायी जित निकाल्यो । पेप ग्वार्डिओलाले सर्जियो एगुरोलाई म्यानचेस्टर सिटीका लागि वास्तविक नायकका रूपमा आइतबार राति प्रशंसा गरेका छन्। अर्जेन्टिनी खेलाडी एगुरोले दोस्रो हाफमा गरेको चार गोल मद्दतले इंग्लिस प्रिमियर लिगमा सिटीले लेस्टर सिटीमाथि ५–१ को आरामदायी जित निकाल्यो।

सिटीले रहिम स्टर्लिङको गोलले अग्रता लिएयता जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए। त्यसपछि एगुरो खेलमा पूर्णरुपमा छाए। सिटीको घरेलु मैदानमा खेलेका पछिल्ला सात खेलमा उनले आफ्नो गोल संख्यालाई १४ पुर्‍याएका छन्। यस जितपछि सिटी १६ अंकको अग्रतासहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ।
‘एगुरो सिटीका वास्तविक नायक हुन्,’ जितपछि ग्वार्डिओलाले भने, ‘उनमा विशेष प्रतिभा छ, त्यसैले त आजको खेलको दोस्रो हाफमा उनले चार गोल गर्न सके।’
आइतबारका अरु खेलमा वेस्ट ह्यामले वाटफोर्डलाई २–०, स्वान्सीले बर्नलीलाई १–० तथा क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो।
यस्तै टोटेनहामले अार्सनललाई १-० ले हराएको छ । टोटेनहामका लागि ह्यारी केनले गोल गरेका थिए ।
Comment with Facebook

Share This News !

Ads




shares