चेल्सी ४-१ ले हार वाटफोर्डसँग

लन्डन,, माघ २३ गते।(एजेन्सी)

दस खेलाडीमा सीमित चेल्सीले सोमबार राति इंग्लिस प्रिमियर लिगमा वाटफोर्डको हातबाट स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ र यसले व्यवस्थापक एन्टोनियो कोन्टेमाथि चर्को दबाब सिर्जना भएको छ ।खेलको अन्तिम छ मिनेटमा वाटफोर्डका तर्फबाट घरेलु मैदानमा डरेल जनमत, जेरार्ड डेउलोफेउ र रोबर्टो परेयाले गोल गरे । वाटफोर्ड पछिल्ला छ खेलमा विजयी रहेको यो पहिलो पल्ट हो ।

यस जितपछि वाटफोर्ड रेलिगेसन क्षेबबाट छ अंक अगाडि रहन सफल रह्यो । पछिल्लो खेलमा चेल्सी बर्नमाउथविरुद्ध ३–० ले पराजित रहेको थियो । टिमोउ बाकायोकोले रातो कार्ड खाएपछि दस खेलाडीमा सीमित भएको चेल्सीका लागि एडेन हेजार्डले एक गोल फर्काएका थिए ।
चेल्सी ५० अंकसहित चौथो स्थानमा छ र यो पाँचौंमा रहेको टोटनहनमाथि एक अंकको अग्रता मात्र हो । तेस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।
Comment with Facebook

Share This News !

Ads




shares