युनाइटेड पराजित, चेल्सीको हार्‍यो

लन्डन (एजेन्सी)१८ माघ गते ।

खेलको सुरुवाती १० सेकेण्डमा क्रिस्टियान एरिक्सनले गोल गरेपछि इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार टोटेनहम हट्सपरले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

एरिक्सनले डेले आलीको प्रहार असफल भएर फर्केको बलमा गोल गरेका थिए । अर्को गोल फिल जोन्सको आत्मघाती गोल रह्यो ।
बुधबार नै बर्नमाउथले चेल्सीलाई ३-० ले पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा सबै गोल दोस्रो हाफमा सम्भव भयो । क्यालम विल्सनले ५१ औं मिनेटमा अग्रता दिलाएपछि ६४ औं मिनेटमा जुनियर स्टानिस्लासले अग्रता दोब्बर पारे । तीन मिनेटपछि चेल्सीकै पूर्व खेलाडी नाथन एकेले अग्रता बढाए ।
म्यानचेस्टर सिटीले वेस्ट ब्रमलाई ३-० ले हराउँदा फर्नान्डिन्हो, केभिन डे ब्रुएन र सर्जियो अगुएरोले गोल गरे । न्युक्यासल र बर्नली तथा साउथह्याम्पटन र ब्राइटनको खेल १-१ को बराबरीमा सकियो ।
एभरटनले लेस्टरलाई २-१ ले पराजित गर्दा स्टोक र वाटफर्डको खेलमा कुनै गोल भएन ।

 

Comment with Facebook

Share This News !

Ads




shares