आर्सनल पराजित , लिभरपुलको सहज जित

लन्डन (एजेन्सी),१७ माघ गते ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलवार राति भएको खेलमा आर्सनल स्वान्सी सिटीसँग पराजित भएको छ।  गएराति नै भएको अर्को खेलमा भने लिभरपुलले सहज जित दर्ता गरेको छ। गोलकिपर पिटर चेकले गल्ती गर्दा आर्सनललाई स्वान्सी सिटीले ३-१ गोलअन्तरले पराजित गरेको हो।

स्वान्सी सिटीलाई जित दिलाउन स्याम क्लुकासले २ गोल गरे भने जोर्डन आयुले अर्को १ गोल थपे। अग्रता भने आर्सनलले लिएको थियो। उसका लागि नाचो मोन्रियालले गोल गर्दै अग्रता दिलाएका थिए।

गएराति नै भएको प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले हडर्सफिल्डमाथि ३-० को सहज जित निकाल्यो। उसका लागि एम्रे च्यान, रोबर्टो फिर्मिन्नो र मोहम्मद सलाहले व्यक्तिगत १(१ गोल गर्न सफल भए।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबार राति सातवटा खेल हुँदैछन्। जसमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्ट ब्रोमसँग भिड्दैछ भने अर्को महत्त्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर प्रतिस्पर्धा गर्दैछन्। अर्को खेल चेल्सी र बर्नमाउथबीच हुनेछ। त्यसैगरी एभर्टन र लेस्टर सिटी पनि भिड्दैछन्।

Comment with Facebook

Share This News !

Ads




shares