चिनियाँ क्लबमा मास्चेरानो

सांघाई,११ माघ गते ।
बार्सिलोनाका अर्जेन्टिनी रक्षक ह्याभियर मास्चेरानो बुधबार चाइनिज सुपर लिगको शीर्ष खेलाडीका रूपमा हेबेइ चाइना फट्र्युनमा आबद्ध भएका छन्।

चिनियाँ सुपर लिगमा सहभागी हुने ३३ वर्षे मास्चेरानो दोस्रो अर्जेन्टिनी खेलाडी हुन् । यसअघि अर्जेन्टिनाका स्ट्राइकर कार्लोस टेभेजले गत सिजन सांघाई सिन्ह्वाबाट खेलेका थिए । खेलाडी किन्न चिनियाँ क्लबले अत्यधिक मात्रामा खर्च गरेको भन्दै केही साताअघि चिनियाँ अधिकारीले क्लबले गर्ने खर्चमा अंकुश लगाएका थिए।

‘मास्चेरानो र बार्सिलोनाबीचको सहमतिमा उनी आजबाट औपचारिक रूपमा हेबेइ चाइना फट्र्युनका सदस्य भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तर दुवै पक्षले सम्झौता अवधि र रकमका ’boutमा केही सार्वजनिक गरेका छैनन् ।यसअघि बार्सिलोनाले मंगलबार मास्चेरानोले क्लब छोड्न लागेको पुष्टि गरेको थियो।

सन् २०१० अगस्टमा लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका मास्चेरानोले क्लबबाट ४ ला लिगा, ४ कोपा डेल रे, २ च्याम्पियन्स लिग र २ क्लब विश्वकप जितेका छन्।

Comment with Facebook

Share This News !

Ads




shares