म्यान्चेस्टर युनाईटेडले सान्चेजलाई अनुबन्धित गर्यो

म्यानचेष्टर ,माघ ९ गते।

चिली तथा आर्सनलका स्ट्राइकर अलेक्सीस सान्चेज इङलिस क्लब म्यान्चेस्टर युनाईटेड गएका छन्। सान्चेज आर्सनलबाट युनाइटेडमा कर बाहेक १ करोड ४० लाख पाउण्डमा अनुबन्धिन भएका हुन।

यस्तै म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर हेनरिक मखितर्यानलाई आर्सनलले अनुबन्धन गरेको छ। आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन्।

युनाइटेडले सान्चेजलाई क्लबमा भित्र्याउने प्रस्ताब गर्दा आर्सनलले भने यसका लागि आफूले मखितर्याने पाउनुपर्ने माग गरेको थियो।

२९ बर्षे सान्चेजले गत बर्षनै अर्को इङलिस क्लव म्यानचेष्टर सिटी जाने हल्ला थियो। सिटीले सान्चेजलाई  गत हप्तामात्रै क्लबमा भित्र्याउन इच्छुक नजनाएपछी युनाइटेडको लागि बाटो खुलेको थियो।

सान्चेजले अब म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सीमा देखिनेछन। आर्सनल गएका मखितर्यानले भने कति नम्बरको जर्सी लगाउने निश्चित भएको छैन्।

Comment with Facebook

Share This News !

Ads




shares