रियल म्याड्रिडले पाँच वर्षअघि लियोनल मेसीलाई प्रस्ताव गरेको खुलासा

एजेन्सी म्याड्रिड,माघ ३ गते,

स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडले पाँच वर्षअघि बार्सिलोनाका स्टार फुटबलर लियोनल मेसीलाई प्रस्ताव गरेको खुलासा भएको छ । जर्मन पत्रिका डेर स्पिगेलले शनिबार सनसनी मच्चाउँदै मेसीलाई भित्र्याउन रियलले २२ करोड २० लाख पाउन्ड प्रस्ताव गरेको समाचार सम्प्रेषण गरेको छ । त्यसवेला मेसीसँग सन् २०२३ सम्म अनुबन्ध गर्ने सम्झातौनजिक रियल पुगेको डेर स्पिगेलले दाबी गरेको छ ।

प्रतिसाता करोड ८४ लाख पाउन्ड
सन् २०१३ मा मेसीलाई सान्टिएगो बर्नाबेउमा भित्र्याउने प्रयास गरेको रियलले अर्जेन्टिनी कप्तानलाई प्रतिसाता ३ करोड ८४ लाख पाउन्ड दिनसमेत तयार रहेको डेल स्पिगेलले जनाएको छ । पाँच वर्षअघि मेसीसमक्ष राखेको प्रस्ताव विश्व कीर्तिमानी थियो ।

तत्काल मेसी रियलमा जाँदा विश्व फुटबलमै उनको रेकर्ड कसैले पनि तोड्न नसक्ने डेल स्पिगेरले जनाएको छ । वर्तमान समयमा पिएसजीका ब्राजिलियन कप्तान नेमार जुनियर सर्वाधिक महँगा खेलाडीमा पर्छन् ।

 

निजी जेटमा गोप्य वार्ता
पाँच वर्षपछि मेसी र रियलबीचको प्रस्ताव बाहिर आउनुको अर्थ खासै छैन । तर, एकपटक मेसीको मन पनि बार्सिलोना छाड्ने पक्षमा रहेको दाबी स्पिगेलले गरेको छ । सन् २०१३ मै रियलका अध्यक्ष फलोरेन्ट पेरेजले निजी विमानमा मेसीसँग गोप्य वार्ता गरेका थिए ।

त्यही वार्तामा पेरेजले मेसीलाई आकर्षक बोनससहित प्रस्ताव राखेका थिए । ‘मेसी र पेरेजबीच वार्ता भएको थियो,’ डेल स्पिगेलले दाबी गर्दै समाचार सम्प्रेषण गरेको छ, ‘वार्तामा मेसीलाई आठ वर्षसम्म रियल म्याड्रिडमा राख्ने कुरा पनि भएको थियो ।’

मेसीका एजेन्ट बुबाद्वारा अस्वीकार
विश्व फुटबलमा एजेन्टकै निर्णयमा खेलाडी अनुबन्ध हुने गर्छन् । खेलाडीको सम्झौतामा एजेन्टको प्रमुख भूमिका रहनेगर्छ । मेसीका बुबा इन्गो जर्ज नै उनका एजेन्ट हुन् । बुबा जर्जले आफ्नो छोरा रियलमा जाँदा बार्सिलोनामा जस्तो चमक र स्टारडम नपाउने भएकाले नै रियलको प्रस्ताव अस्वीकार गरेको डेल स्पिगेलले जनाएको छ ।

‘मेसीले रियलको प्रस्ताव आएपछि वकिलसँग भेट गरेका थिए, त्यसपछि उनले बुबासँग पनि छलफल गरे, तर बुबा जर्जले छोरालाई बार्सिलोनामै रहन दबाब दिए,’ डेल स्पिगेलको कभर पेजमा उल्लेख छ ।

एजेन्ट बुबाले रियलसमक्ष ठूलो प्रस्ताव राखेका कारण नै मेसीको रियल म्याड्रिड आउने सपना तुहिएको डेल स्पिगेलले दाबी गरेको छ । त्यसवेला बुबा जर्जले आफ्नो छोरालाई रियलमा पठाउन प्रतिसाता नौ लाख पाउन्ड मागेका थिए ।

‘एजेन्टका रूपमा बुबा जर्जले मेसीलाई प्रतिसाता नौ लाख पाउन्ड दिनुपर्ने प्रस्ताव रियलसमक्ष राखेका थिए, जुन रियलको क्षमताभन्दा माथिको कुरा रह्यो,’ डेल स्पिगेलले उल्लेख गरेको छ ।

 

Comment with Facebook

Share This News !

Ads




shares