२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त गर्ने

मस्को, जेष्ठ ३१  गते।(एजेन्सी)

सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल फुलबल एसोसियसन(फिफा)का सदस्यहबीच भएको मतदानमा बढी मत प्राप्त गरी  अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा विश्वकप आयोजना गर्ने भएका हुन् ।

फिफामा भएको मतदानमा  अमेरिका, क्यानाडा र मेक्सिको पक्षमा १३४ मत प्राप्त भएको छ भने मोरक्को पक्षमा ६५ मत प्राप्त भएको छ । २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ भने ३४ दिनसम्म सञ्चालन हुने उक्त विश्वकपमा ८० खेल हुनेछन् । सन् १९७० र १९८६ मा मेक्सिकोमा तथा  १९९४ को विश्वकप अमेरिकामा आयोजना भएको थियो

Comment with Facebook

Share This News !

Ads




shares