रियलको सहज जित,बायर्नको पनि विजयी

मिलान,चैत्र २१ गते।

युरोपियन च्यापियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तरगत पहिलो लेगमा इटालियन क्लब युभेन्टसलाई उसकै मैदानमा ३-० ले पराजित गरी सेमिफाइलन प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोले २ गोल र १ असिस्टको योगदान दिएपछि रियलले अवे मैदानमा सहज जित दर्ता गरेको हो ‌। खेलको तेस्रो मिनेटमा अग्रता दिलाएका रोनाल्डोले ६४ अौं मिनेटमा अग्रता दोब्बर पारे । ६६ अौं मिनेटमा पाउलो डिबाला दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए । मार्सेलोले ७२ अौं मिनेटमा रोनाल्डोको पासमा गोल गर्दै जित पक्का गरे ।

अर्को खेलमा सेभिल्लालाई २-१ ले पराजित गर्दै बायर्न म्युनिखले पहिलो लेगमा अग्रता बनायो । पाब्लो सराबियाको गोलमा सेभिल्लाले ३१ अौं मिनेटमा अग्रता लिएपनि ६ मिनेट नबित्दै जेसस नाभासको अात्मघाती गोलसँगै खेल बराबरीमा अायो । दोस्रो हाफमा थियागो अलाकान्ट्राले फ्रान्क रिबरीको पास सदुपयोग गर्दै गोल गरे । उक्त गोल जितको लागि पर्याप्त रह्यो ।

 

 

Comment with Facebook

Share This News !

Ads




shares