घरैमा बायर्न म्युनिख रियल मड्रिडसँग पराजित

काठमाडौँ, बैशख १३ गते।(एजेन्सी)
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले यो सिजनको पनि फाइलन खेल खेल्ने सम्भावना बढाएको छ । बिहीबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई उसैका घरमा पराजित गरेपछि रियलले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा पाहुना टोली रियलले २–१ को जित निकालेको हो । दोस्रो लेगमा बायर्नलाई स्वागत गर्दा रियलसँग अवे गोलको पनि फाइदा हुनेछ ।
बायर्नले पहिलो हाफमा अग्रता लिएर पनि पराजित हुन बाध्य भयो । डिफेन्डर जोशुआ किमिचीले खेलको २७ औँ मिनेटमा गोल गर्दै बायर्न दिएको अग्रता पहिलो हाफको ४३ मिनेटसम्म कायम थियो ।

तर पहिलो हाफको ४४ औँ मिनेटमा रियलका लागि डिफेन्डर मार्सेलोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसपछि दोस्रो हाफमा पनि रियलले लय समात्यो ।
खेलको ५६ औँ मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु मैदानमा बायर्नका दर्शकलाई स्तब्ध बनाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा बायर्न पराजित भयो । अब उसले रियलविरुद्धको नतिजा उल्ट्याउन दोस्रो लेगमा कम्तिमा २ गोलको अग्रतासहित नतिजा आफ्नो पक्षमा पार्नुपर्ने छ ।
यसअघि भएको पहिलो सेमिफाइनल भिडन्तको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले इटालीयन क्लब एएस रोमालाई ५–२ पराजित गर्दै फाइनल यात्रा करिब पक्का गरेको छ।

Comment with Facebook

Share This News !

Ads




shares