कति हो विश्वकप फुटबल २०१८ को पुरस्कार राशी ?

काठमाडौँ,जेष्ठ ३१ गते।(एजेन्सी)
फिफाले सन २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरेर चालीस करोड अमेरिकी डलर अर्थात लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ बनाएको छ ।
फिफाले विश्वकप २०१८ मा ४ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली लगभग ४३ अर्ब २० करोड नेपाली रुपैयाँ पुरस्कार वितरण गर्ने छ । विश्वकपमा भाग लिएका टिमले कम्तिमा पनि ८ मिलियन डलर अर्थात ८६ करोड ४० लाख नेपाली रुपैयाँ रकम पाउने छन् ।
त्यस्तै विश्वकपको समूह चरण पार गरेर अन्तिम १६ मा पुग्ने टिमले १२ मिलियन अमेरिकी डलर अर्थात नेपाली एक अर्ब २९ करोड रुपैयाँ पाउने छन् । त्यस्तै अन्तिम १६ बाट क्वाटरफाइनलमा पुग्ने टिमले थप ४ मिलियन गरी १६ मिलियन डलर अर्थात नेपाली एक अर्ब ७२ करोड रुपैयाँ पाउने छन् ।
त्यसैगरी सेमिफाइनलमा पुगेर पनि फाइनलमा पुग्न अफसल भएका दुई टिमलाई ४६ मिलियन डलर बाडिने छ । जसमा तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात नेपाली रुपैयाँ २ अर्ब ५९ करोड र चौथो हुनेले २२ मिलियन डलर अर्थात नेपाली रुपैया २ अर्ब ३७ करोड पाउने छन् ।
विश्वकपको फाइनलमा पुग्ने दुई टिमलाई कुल ६६ मिलियन डलर बाडिने छ । जसमा विश्वकपको उपाधि जित्ने टिमले ३८ मिलियन डलर अर्थात नेपाली रुपैयाँ ४ अर्ब १० करोड र पराजित हुने टिमले २८ मिलियन डलर अर्थात नेपाली ३ अर्ब २ करोड पाउने भएका छन् ।
यसअघि ब्राजिलमा भएको विश्वकपमा ३ सय ५८ मिलियन अमेरिकी डलर अर्थात नेपाली ३८ अर्ब ६६ करोडको पुरस्कार राशी थियो । त्यो विश्वपकमा विजेता जर्मनीले ३५ मिलियन अर्थात ३ अर्ब ७८ करोड पुरस्कार लग्यो भने उप–विजेता अर्जेन्टिनाले २५ मिलियन अर्थात नेपाली २ अर्ब ७० करोड लियो । विश्वकप फुटबलको समूह चरणमा पनि पुग्न नसकेका सहभागी समूहले पनि समेत ८० लाख डलर अर्थात नेपाली ८६ करोड ४० लाख रकम पाएका थिए ।
Comment with Facebook

Share This News !

Ads




shares