उपाधि म्यानचेस्टर सिटीलाई, आर्सनल ३–०

लन्डन,फागुन १४ गते।
इङ्लिस कारबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले उचालेको छ । वेम्ब्ली स्टेडियममा भएको फाइनल भिडन्तमा आर्सनलमाथि ३–० को एकपक्षीय नतिजा निकाल्दै सिटीले उपाधि उचालेको हो ।

प्रिमियर लिगमा पनि फराकिलो अंकसहित अग्रता बनाइरहेको सिटीलाई सिजनको पहिलो उपाधि दिलाउने क्रममा सर्जियो अग्वेरो, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे ।

प्रशिक्षक पेप ग्वार्डिओलको कमानीमा सिटीले पहिलो उपाधि उचालेको हो । उपाधि उचाल्ने क्रममा पहिलो गोल सिटीका लागि अग्वेरोले खेलको १८ औँ मिनेटमा गरे । उनले आर्सनलको डि एरिया बाहिरबाट किपरलाई बिट गर्दै गोल गरेका थिए । त्यसपछि दोस्रो हाफमा सिटीले २ गोल थप्यो ।

खेलको ५८ औँ मिनेटमा आर्सनलको डि एरियामा अल्मलिएको बललाई कोम्पनीले पोस्टको दिशा दिए । खेलको ६५ औँ मिनेटमा सिल्भाले अर्को गोल थपेपछि सिटीले एकपक्षीय नतिजा निकाल्दै सिजनको पहिलो उपाधि जितेको हो ।

Comment with Facebook

Share This News !

Ads




shares