यु-१९ विश्वकप क्रिकेटको उपाधि भारतले जित्यो

नयाँदिल्ली:

भारतीय टीमले अण्डर-१९ क्रिकेट विश्वकपको उपाधि जित्न सफल भएको छ । शनिवार भएको फाइनलमा भारतले अस्ट्रेलियाले दिएको चुनौती सजिलै चिर्दै चौथो पटक अण्डर-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो ।  भारतीय टीमले अन्तिम पटक सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा च्याम्पियन बनेको थियो । फाइनलमा टीम इन्डियाले अस्ट्रेलियामाथि ८ विकेटको फराकिलो जित निकालेको हो ।

पृथ्वी सको कप्तानीमा भारतीय टिम पुरै प्रतियोगितमा अपराजित रह्यो । उसले कुनै खेलमा हार नभोगी उपाधि उचालेको हो । रोचक कुरा भनेको भारतले यो विश्वकपको सुरुवात पनि अस्ट्रेलियालाई पराजित गर्दै गरेको थियो । भारतको जितमा मनजोत कालरा (१०१) र हार्विक देसाई (४७) को गतिलो पारी खेले ।

भारतले अस्ट्रेलियाले दिएको २१७ रनको लक्ष्य ३८.५ ओभरमा दुई विकेट गुमाउँदै भेटेको हो । भारतले यसअघि सन् २०००, २००८ र २०१२ मा यो उपाधि जितेको थियो । यो जितसँगै बीसीसीआईले टीमका लागि ठुलो पुरस्कार पनि दिने घोषणा गरेको छ । उसले टिमका प्रशिकक्ष राहुल द्रविडलाई ५० लाख र प्रत्येक खेलाडीलाई ३०-३० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares