क्रिस गेल आईपीएल पहिलो राउन्डमा बिकेनन्

न्यु दिल्ली(एजेन्सी),माघ १३ गते।
टी २० क्रिकेटका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई आईपीए-११ को अक्सनको पहिलो राउन्डमा कुनै पनि टिमले किनेनन् । वेस्ट इन्डिजका यी स्टार खेलाडीलाई न्यूनतम् मूल्य २ करोड रुपैयाँ थियो । क्रिस गेल यसभन्दा पहिले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट खेल्थे । उनलाई आईपीएलका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरुले अक्सनबाट रिलिज गरिदिएको थियो ।

क्रिस गेल जस्ता विस्फोटक ब्याट्सम्यानको स्थानमा बेङ्गलुरु टिमले यस पटक ब्रेन्डन म्याक्कुलमलाई आफ्नो टीममा समावेश गरेको छ । म्याक्कुलम पनि टी २० का उत्कृष्ट खेलाडी हुन् ।

म्याक्कुलमले नै २००८ मा आईपीएल इतिहासको पहिलो सेन्चुरी हानेका थिए । उनले यो प्रतियोगितामा जम्मा २ सेन्चुरी बनाएका थिए । तर यो मामिलामा क्रिस गेल नै शीर्ष स्थानमा छन् । उनले हालसम्म आईपीएलमा ५ सेन्चुरी बनाइसकेका छन् ।

Comment with Facebook

Share This News !

Ads




shares