भारतको लगातार दोस्रो हार

सेन्चुरियन —माघ ३ गते,एएफपी

दक्षिण अफ्रीकाविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत पराजित भएको छ ।बुधबार अन्तिम दिनको खेलमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा अलआउट भयो । भारत १ सय ३५ रनले हारेसँगै सिरिजमा दक्षिण अफ्रिकाले कब्जा जमाएको छ ।डेब्यु गरिरहेका तीव्र गतिका बलर लुंगी एनगिडीले ६ विकेट लिएपछि भारतको इनिङ्स धराशायी भएको थियो ।

 

भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन जोडेका थिए । मोहमद शामीले २८ तथा चेतेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।तीन खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाले २-० ले अग्रता बनाएको छ । अन्तिम टेस्ट जनवरी २४ बाट जोहानेसबर्गमा सुरु हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares