सन्दीप बेङलोरविरूद्ध आईपीएलमा डेब्यूसंगै विकेट

काठमाडौँ, बैशख ३० गते।
नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए, डेब्यू मात्र गरेनन उनीलाई पहिले ओबर नै बलिङ्ग गर्न दिइयो। उनीले तेस्रो ओबर मै पार्थिब पटेलको विकेट लिए । तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए । बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।उनले ४ ओभरमा २५ रन दिए । बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे । यो हारसँगै दिल्ली समूह चरणको २ खेल बााकी छादै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।

दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १८ वर्षे सन्दीपले अवसर पाएका थिएनन्। दिल्ली ३ खेलमात्र जिति अंक तालिकाको पुछारमा रहेको छ। टोलीका प्लेअफमा पुग्ने सम्भावना ज्यादै न्यून रहेको छ। नोभेम्बरमा बेङलोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो।

क्यारेबियन प्रिमियर लिगमा उनी वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन्। सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो। सन्दीपले वर्ष २०७४ मा कुल ८४ अन्तर्राष्ट्रिय विकेट लिए। २४ विकेट उनले यू-१९ विश्वकप छनोट एसिया क्षेत्रमा लिएका थिए। उनले एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि आफ्नो राष्ट्रलाई विश्वकपमा पुर्याउन सकेनन्। नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बनाउनेक्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए।

Comment with Facebook

Share This News !

Ads




shares