दिल्ली परजित , ब्याटिङ चल्यो बलिङ चलेन

काठमाडौँ, बैशख १८ गते।
इन्डियन प्रिमियर लिग(आईपीएल) को सोमबार रातिको खेलमा नेपालका सन्दीप लामछाने आवद्ध टिम दिल्ली डेयरडेभिल्स चेन्नइ सुपर किंग्ससँग १३ रनले पराजित भएको छ ।
पुनेको महाराष्ट्र रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङमा उत्रेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । २१२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओरभमा ५ विकेटगुमाएर १९८ रन मात्रै बनाउन सक्यो ।

चेन्नइका लागि सेन वाट्सनले सर्वाधिक ७८ रनको योगदान गरे । कप्तान धोनीले ५१, राइडुले ४४ र डुप्लेसीले ३३ रनको योगदान गरे । दिल्लीका लागि अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले १-१ विकेट लिए । विकेट नलिए पनि युवा बलर आभेष खानले ४ ओभरमा २८ रन मात्रै दिए उत्कृष्ट बलिङ गरे अन्य बलर चल्न नसक्दा दिल्ली विशाल लक्ष्य पाउन बाध्य भयो ।

ठूलो लक्ष्य पछ्याएको दिल्लीले सुरुमा राम्रै ब्याटिङ गरे पनि सातौं ओभरमा कप्तान श्रेयर अय्यरको विकेट गुमाएपछि ब्याटिङ सुस्त भएको थियो । दिल्लीका लागि रिसब पन्तले ७९ रनको महत्वपूर्ण पारी खेले पनि विशाल पार गर्न सक्षम भएन । विजय शंकरले ५४ र कोलिन मन्रोले २६ रनको योगदान गरे अघिल्लो खेलमा आक्रमक ब्याटिङ गरेका कप्तान अय्यरले १३ रन मात्रै बनाए ।

चेन्नइका लागि एमएफ असिफले २, रविन्द्र जडेजा र लुंगी जिदीले १-१ विकेट लिए । यस सिजनका ८ खेलमा जम्मा २ वटामा मात्र जित निकालेको दिल्ली ४ अंकसहित अंक तालिकाको पुच्छारमा पुगेको छ । भने ८ खेलमा ६ जित निकालेको चेन्नइ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । नेपालका संदीप लामिछाने यस खेलमा पनि टोलीमा समेटिएनन् ।

Comment with Facebook

Share This News !

Ads




shares