अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो विकेट सोमपालले लिए

काठमाडौं, साउन १६ गते ।
नेपालकोतर्फ बाट पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares