राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आजबाट शुरु हुँदै

काठमाडौं ९ पुस,

राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आइतबार शुुरु हुँदैछ । ललितपुरको सातदोबाटोमा दिउँसो १ बजेपछि शुरु हुने प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा २९ खेलका १ हजार १ सय २७ पदकका लागि ४ हजार ८२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फुटबल, भलिवल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, पौडी, सुटिङ कुश्ती, जुडो, बक्सिङ, गल्फ, आर्चरी, सेपाकताक्रो लनटेनिसका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस्तै उसु, टेबलटेनिस, ह्याण्डबल, ब्याडमिण्टन, बास्केटबल, भारत्तोलन, साइक्लिङ्ग, ट्रायथलन, खो खो, स्क्वास, हकी, फेन्सिङ, खेलमा पनि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । २९ मध्ये १२ खेल काठमाडौं बाहिर र बाँकी खेल काठमाडौं उपत्यकामै आयोजना हुनेछन् । प्रतियोगितामा साबिकका पाँच विकास क्षेत्र र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि ४ करोड ३१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

Comment with Facebook

Share This News !

shares