रियल मड्रिडमाथि टोटनह्याम को शानदार जित

रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा टोटनह्यामले रियल मड्रिडमाथि ३–१ गोल अन्तरको जित निकालेको छ ।वेल्बलीमा भएको खेलमा टोटनह्यामले २७ औं मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो । रियलले पहिलो हाफमा गोल फर्काउन सकेन ।

जितसँगै टोटनह्यामको ४ खेलबाट १० अंक भएको छ । रियलको ७ अंक छ । बोरुसिया डर्टमुन्ड र निकोसिआको समान २–२ अंक छ ।

Comment with Facebook

Share This News !

shares