सचिनपछि कोहलीको सबैभन्दा धरै शतक

केपटाउन, २ माघ

२१ वर्षपछि दक्षिण अफ्रिकामा भारतीय कप्तानका रूपमा विराट कोहलीले शतक प्रहार गरेका छन् । सेन्चुरियन पार्कमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा कोहलीले १ सय ५३ रनको शतकीय इनिङ खेल्दै रेकर्ड बनाए । उनले २ सय १७ बलमा १५ चौका प्रहार गरेका थिए ।

कोहलीको यो २१औँ टेस्ट शतक हो । २१ वर्षअघि सचिन तेन्दुलकरले कप्तनीका रूपमा दक्षिण अफ्रिकामा शतक जमाएका थिए । यसबीचमा सौरभ गांगुली, राहुल द्रबिड र महेन्द्रसिंह धोनीले भारतीय टोली सम्हाले । तर, उनीहरूले दक्षिण अफ्रिकी भूमिमा कप्तानीका रूपमा शतकीय इनिङ खेल्न सकेनन् ।

टेस्ट क्रिकेटमा २१ शतक बनाएपछि विराट कोहलीले डेबिड वार्नर, ग्यारी कस्र्टन, एन्ड्रयु स्ट्राउस, एबी डिविलियर्स र डेबिड बोनले समान शतक बनाएका छन् । समग्रमा कोहलीको यो ५३औँ अन्तर्राष्ट्रिय शतक हो । कोहलीको शतकमा भारतले आफ्नो पहिलो इनिङ ३ सय ७ रनमा सीमित बनायो । दक्षिण अफ्रिकाले दोस्रो इनिङमा दुई विकेटको नोक्सानीमा ९० रन जोडेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares