रसिद खान चम्किएपछि पञ्जाबको पराजित

काठमाडौँ, बैशख १४ गते।
इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादले किंग्ल ११ पञ्जाबमाथि १३ रनको जित निकाल्न सफल भएको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी रंगशालामा भएको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि मनिष पाण्डेयले ५४ सकिब अल हसनले २८ र युसुफ पठानले २१ रनको योगदान दिए ।

पञ्जाबका बलर अंकित राजपुत एक्लैले ५ विकेट लिएपछि हैदरावादको ब्याटिङ चल्न सकेन । गेल, केल राहुल जस्ता आक्रामक ब्याट्सम्यान भएको पञ्जाबका लागि १३३ रनको लक्ष्य निकै न्यून भए पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै हैदरावादले लगातार कम स्कोरको रक्षा गर्दै जित निकाल्न सफल भयो । पञ्जाब १९.२ ओभरमा अलआउट हुँदै ११९ रनमै समेटियो ।

पञ्जाबका लागि ओपनर ब्याट्सम्यान लोकेश राहुलले र क्रिस गेलले क्रमशः ३२ र २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।
पञ्जाबको ब्याटिङ लाइन ध्वस्त बनाउने क्रममा हैदरावदका रसिद खानले ३ विकेट लिए । सन्दीप शर्मा, सकिब अल हसन र बासिल थन्पीले २–२ विकेट लिए । यसअघि २४ अप्रिलमा ११८ रन मात्र बनाएको हैदरावाले मुम्बई इन्डियनलाई ८७ रनमै समेट्दै, जित निकालेको थियो ।

बल टेम्परिङ काण्डमा एक वर्षे प्रतिबन्दका कारण हैदरावादका नियमति कप्तान आक्रामक ब्याट्सम्यान डेभिड वार्नर खेल्न पाएनन। उनको उपस्चितिमा ब्याटिङमा कमजोर देखिएको हैदरावाद बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाली रहेको छ । ७ खेलमा ५ जित निकाल्दै १० अंक जोडेको हैदरावाद अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समान अंक भएको पञ्जाब रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

नेपालका सन्दीप लामिछाने आवद्ध दिल्ली डेयरडेभिल्स आज राति कोलकत्ता नाइट राइडर्ससँग खेल्दै छ ।

Comment with Facebook

Share This News !

Ads




shares