युनाइटेडको जित

लन्डन — इंग्लिस एफए कपअन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । उनले खेलको तेस्रो र ५५ औं मिनेटमा गोल गरे ।
प्रतियोगिताको अन्य खेलमा सेफिल्ड वेडनस्डे र स्वान्सी गोलरहित बराबरीमा रोकिए । साउथह्याम्पटनले वेस्ट ब्रमलाई २-१ ले हराउँदा ब्राइटनले कभेन्ट्रीलाई ३-१ ले पाखा लगायो ।

Comment with Facebook

Share This News !

Ads




shares