सर्वियासँग कोष्टारिका पराजित

सामरा,आषाढ ३ गते  ।

रुसमा जारी  विश्वकप फुटबल २०१८ मा  सर्बियाले विजयी सुरुवात गरेको छ । समूह ई अन्तर्गत सामरा स्टेडियममा भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र कोष्टारिकालाई १–० ले हराउँदै सर्वियाले महत्वपूर्ण ३ अंक बटुल्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा सर्वियन क्याप्टेन अलेक्ज्याण्डर कोलारोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । समारा रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा सर्बियाका कप्तान कोरालोभले गरेको गोल नै निर्णायक साबित भयो । फ्रि–किकमा लेफ्ट फुटेड शट प्रहार गरेका कोलारोभको आक्रमण कोष्टारिकाका गोलरक्षक केलर नाभासले राम्ररी जज गर्न सकेनन् र जाली चुम्न पुग्यो ।  डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा कोरालोभले उत्कृष्ट गोल गरे ।

 खेलमा कोष्टारिकाले गोलका केही अवसर बुनेपनि त्यो सफल हुन सकेन । पहिलोपटक आमने सामने भएका यी दुई टोलीबीच श्रेष्ठताको भिडन्तमा सर्वियाले बाजी मार्‍यो ।

Comment with Facebook

Share This News !

Ads




shares