रोजोको गोलसँगै, अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र डेनमार्क अन्तिम १६ मा

अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र डेनमार्क बिश्वकप फुटबलको प्रि–क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । समुह ‘डी’मा शत प्रतिशत नतिजा निकाल्दै क्रोएसिया समुह बिजेता बन्यो ।

मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । खेलमा नाईजेरियालाई २–१ ले हराउँदै अर्जेन्टिनाले पनि समुह उपबिजेताको रुपमा प्रि–क्वार्टरफाईनलमा स्थान बनायो । १४ औँ मिनेटमा लियोनल मेसीको गोलमार्फत अर्जेन्टिनाले अग्रता बनाएपनि ५१ औँ मिनेटमा भिक्टर मोसेसले गोल गर्दै नाईजेरियालाई १–१ को अवस्थामा पुर्याए । बलमाथी ६६ प्रतिशत नियन्त्रण जमाएको अर्जेन्टिनाका लागी मार्कोस रोहोले ८६ औँ मिनेटमा गोल गर्दै टोलीको उद्धार गरेका थिए । समुह ‘डी’ को उपबिजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाईनल प्रबेशका लागी फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समुह चरणको आफ्नो अन्तिम खेलमा आईसल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले डेनमार्कसँगको भेट पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ५३ औँ मिनेटमा मिलान बादेजले गोल गर्दैै क्रोएसियाको खाता खोलेका थिए । ७६ औँ मिनेटमा गिल्फि सेगुड्सनले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । खेलको अन्तिम मिनेटमा ईभान पर्सीकले गोल गर्दै क्रोएसियालाई लगातार तेस्रो जित दिलाए ।

समुह ‘सी’ अन्तर्गत गएराती डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएपनि फ्रान्स समुह बिजेता बन्दै अघिल्लो चरणमा प्रबेश गर्यो । डेनमार्क पनि उपबिजेता हुँदै अन्तिम १६ मा पुगेको छ । ६८ प्रतिशत बल पोजिशन बनाएको फ्रान्सले डेनमार्कबिरुद्ध गोल भने गर्न सकेन । उसले पाएका केही अवसरको पनि सदुपयोग गर्न सकेन ।  समुह ‘सी’ कै खेलमा पेरुले अष्ट्रेलियालाई २–० ले स्तब्ध पार्यो । जारी प्रतियोगीतामा पेरुको यो पहिलो जित हो । पेरुको जितमा आन्द्रे कारिल्लो र पाउलो गुईरेरोले गोल गरे । जितसँगै पेरुले जारी बिश्वकपको सुखद अन्त्य समेत गरेको छ । अष्ट्रेलिया भने तालिकाको पुछारमा रहेर घर फर्किएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares