ब्राजिल तथा स्वीटजरल्यान्ड अन्तिम १६ मा

मस्को,आषाढ १४  गते ।

साविकको विजेता समूह चरणबाटै बाहिरिँदा ब्राजिलले भने समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाएको छ । विश्वकप फुटबल अन्तर्गत समुह ‘इ’ को तेस्रो चरणको खेलमा ब्राजिलले सर्वियालाई २–० ले पराजित गर्दे समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ । त्यस्तै अर्को खेलमा स्वीटजरल्यान्ड कोस्टारिकासँग २–२ गोलको बराबरीमा रोकिएपनि उपविजेताका रुपमा नकआउटमा स्थान पक्का गर्यो। अंक तालिकामा ब्राजिलको ७ अंक भयो भने स्वीटजरल्यानडले ५ अंक बनायो।

पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरीमा रोकिएको ब्राजिल दोस्रो खेलमा कोष्टारिकाविरुद्ध इन्जुरी टाइममा मात्र गोल गर्न सकेकाले पनि सर्बिया आशावादी थियो । तर, ब्राजिलका प्रशिक्षक टिटेले फर्नान्डिन्हो र पाउलिन्होलाई खेलाए, जसले उसको मिडफिल्ड निकै मजबुत देखिएको छ । खेलमा अग्रता पनि पाउलिन्हाले नै दिलाए । काउटिन्हाको पासमा उनले ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरूवाति १५ मिनेटमा ब्राजिलले यो अग्रता जोगाउन निकै मेहनत गर्नु परेको थियो ।

आक्रामक  खेल खेलेको सर्बियाका मिट्रोभिकलार्इ ब्राजिलियन डिफेन्डरहरूले पोष्टमा धाबा बोल्ने अबसर नै दिएनन् भने उनको डेड बललार्इ गोलकिपरले सहजै नियन्त्रणमा लिए । खेलको ६८ औं मिनेटमा थिएगो सिल्भाले अग्रता दोब्बर पारेपछि सर्बियाको पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना सकियो ।

स्वीटजरल्यान्डले कोस्टारिका विरुद्ध बेलिरिम जेमाइलीको गोलमार्फत अग्रता लियो । तर कोस्टारिकाका केन्डन वास्टनले ५६ औं मिनेटमा बराबरी गोल फर्काए। तर पुन स्वीटजरल्यान्डले ८८ औं मिनेटमा जोसिप डरमीकको गोलमार्फत खेलमा २–१ को अग्रता बनायो तर अतिरिक्त समयमा स्वीटजरल्यान्डका सोमेरले आत्माघाीत गोल उपहार दिएपछि कोस्टारिकाले खेलमा २–२ गोलको बराबरी खेल्दै लिग अंक तालिकामा एक अंक प्राप्त गर्न सफल भयो।  कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह र्इको उपविजेता बनेको छ । खेलअघिसम्म सर्बिया आक्रमक देखिएको थियो । उसका प्रशिक्षकले पनि केही पनि असम्भव छैन भनेका थिए भने स्ट्राइकर मिट्रोभिकले बजिललाई किन नहराउने भनेका थिए ।

Comment with Facebook

Share This News !

Ads




shares