ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसंग खेल्ने

बेल्जियम र ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उसको जितमा नेयमार र रोबर्टो फिरिमिनोले गोल गरे । आक्रामक खेल प्रस्तुत गरेपनि पहिलो गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो । ५१ औं मिनेटमा नेयमारको गोलबाट अग्रता बनाएको ब्राजिलका लागी ८८ औं मिनेटमा फिरिमिनोले अग्रता दोब्बर पारेका थिए । बिश्वकपको डेब्यु म्याचमा फिरिमिनोले मैदान छिरेको २ मिनेट ४ सेकेण्डमै गोल गरे । लगातार मेक्सिकन पोष्टमा आक्रमण बुनेपनि ब्राजिलका आधा दर्जन प्रहार बिफल भएको थियो । लिग चरणको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको मेक्सिको सोही लय समाउन नसक्दा प्रिक्वाटरफाईनलमै रोकिन पुग्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफ लगत्तै टयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराईदिएका थिए । तर मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठुलो चोट लागेको झै अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

त्यसले उनले देखाएको सकरात्मक प्रदर्शनलाई भने ओझेल बनाउन सकेन् । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टान जस्तै बन्यो । विश्व च्याम्पियन जर्मनीमाथी १–० को विजय हात पारी विश्वकपमा सानदार सुरुआत गरको मेक्सिको अन्त्य परमपरागत रुपमा नै रहयो । १९९४ को विश्वकप देखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुदैं आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न सकेको छैन ।

ब्राजिलले बेल्जियम र जापान बीचको विजेतासँग सेमिफाइनल पुग्न खेल्ने छ । तर दोहोरो पहेलो कार्डका कारण डिफेन्सिभ मिडफिल्डर कासेमिरोले निलम्बनमा गुमाउने छन् । मेक्सिकोसँग पनि ब्राजिल घाइते लेफ्ट ब्याक मार्सेलो बिनै खेलेको थियो । उनको स्थानमा फिलिप लुइस पहिलो रोजाइमा खेलेका थिए ।

मेक्सिकाले हालैका दिनहरूमा ब्राजिलसँग राम्रै नतिजा निकाल्दै आएको थियो । १५ मध्येको ७ खेल जितेको थियो । तर सोमबार पहिलो हाफमा एउटै पोष्टमा लक्षित गतिलो आक्रामण गर्न सकेन । समूह चरणको अन्तिम खेलमा स्विडेनसँग ३–० ले पराजित भएको मेक्सिकोलाई दक्षिण कोरियाले जर्मनीमाथी २–० को अविस्मरणीय विजय हात पारेपछि नकआउट चरणको चिट्ठा परेको थियो ।

५१ औं मिनेटमा विलियनले क्रसमा विश्वका महङ्गा खेलाडी नेयमारले पोष्ट नजिकबाट गोल गरेका थिए । विश्वकप इतिहासमा ब्राजिलको यो कुल २ सय २७ गोल थियो र टोलीले सर्वाधिक गोल गर्ने जर्मनीको कीर्तिमानलाई उछिनेको थियो । नेयमरकै उत्कृष्ट प्रदर्शनमा बैकल्पिक फिर्मिन्होले नेयमरकै जस्तो गोल गरी ब्राजिलको विजय निश्चित गरे ।

पछिल्लो खेलमा गएराती एसियाली प्रतिद्वन्द्वी जापानलाई ३-२ गोल अन्तरले हराउदै बेल्जियमले ब्राजिलसँगको क्वार्टरफाइनल भिडन्त पक्का गरेको हो । २-० ले पछि परेको अवस्था उल्टाउदै बेल्जियमले जित हात पारेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि ४८ औं मिनेटमा जेन्की हारागुचीले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै ताकासी ईनुईले गोल गरेपछि जापान २–० को अग्रता बनाउन सफल भयो ।

५७ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि बेल्जियमले पहिलो गोल गर्न भने ६९ औं मिनेटसम्म कुर्न पर्‍यो । जान भर्टोनगेनले पहिलो गोल गर्दै बेल्जियमको आशा जगाएका थिए । जापानी पोष्टमा लगातार आक्रमण गरेको बेल्जियमका लागि ७४ औं मिनेटमा माउरिन्हो फिल्हानीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ईन्ज्युरी समयमा नासर चाद्लीले गोल गरेपछि बेल्जियम अप्रत्याशित जित निकाल्न सफल भयो । जापानको पराजयपछि एसियाली चुनौती अन्तिम १६ मै सीमित बनेको हो । अफ्रिकी मुलुकहरु भने समुहचरणबाट माथि उठ्न सकेनन् ।  मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिलले अन्तिम आठमा स्थान बनाएको छ ।

प्रिक्वार्टरफाइनलमा आज राती स्विडेन र स्वीट्जरल्याण्ड तथा ईङ्ल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares