बेल्जियम र इंग्ल्यान्ड, पोल्यान्ड तथा जापान संगै ४ खेल हुँदै

मस्को,आषाढ १४ गते ।

विश्वकप फुटबलमा आज पनि विभिन्न  खेल हुँदैछन् । विश्वकपमा सर्वाधिक राम्रो लय र फर्ममा रहेर प्रदर्शन गरेका दुई युरोपियन टिम बेल्जियम र इंग्ल्यान्ड बिहीबार प्रतिस्पर्धा पौने ११  बजे मैदान उत्रनेछन्  । समूह चरणका आफ्ना दुवै टिमले फराकिलो गोलअन्तर निकाल्दै प्रि–क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । अव यी दुईबीचको लडाइँ समूह विजेताका लागि हुनेछ ।

आज समूह ‘एच’ अन्तर्गतका सेनेगल बिरुद्द कोलम्बिया तथा जापानबिरुद्द पोल्यान्ड  राती पौने  बजे मैदान उत्रनेछन्   चारै टोलीको अघिल्लो चरण प्रबेशको सम्भावना कायमै रहेकाले समुह ‘एफ’ अन्तर्गतका भिडन्त रोमाञ्चक हुनेछ 

को बलियो ?
बेल्जियम र इंग्ल्यान्डका लागि विश्वकप दाबेदारीमा को अघि भन्ने प्रश्न छ । दुवै टिमको रवाफिलो जितले वास्तविक परीक्षण एक–अर्काविरुद्धको खेलमा हुने धेरैको आकलन छ । २०१६ यता २१ खेलमा अपराजित बेल्जियम र पछिल्ला १२ खेलसम्म अपराजित इंग्ल्यान्ड दुवै युरोपका ‘टफ’ टिमका रूपमा छन् ।

अंकतालिकामा उनीहरूको संयोग रोचक छ । दुई खेलको समाप्तिमा ६ अंक जोड्दा गोल डिफ्रेन्स पनि समान ६ नै छ । अन्य सबै टेबल सूचकमा पनि बराबरी भएकाले यी दुईबीचको समूह चरणको निर्णायक भिडन्त रोचक हुने आकलन गर्न सकिन्छ ।

बलियो इंग्ल्यान्ड
इंग्ल्यान्ड र बेल्जियमबीच आपसमा २१ पटक प्रतिस्पर्धा भएको छ । तर, ठूला र औपचारिक प्रतियोगितामा जम्मा तीनपटक भिडेका छन् । विश्वकपमा दुईपटक र युरोकपमा एकपटक प्रतिस्पर्धा भएको छ । सन् १९९० को विश्वकपमा इंग्ल्यान्डले १–० को जित निकाल्दा अन्य दुई खेलमा बराबरी भएको छ ।

तर, अधिकांश मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डसँग बेल्जियम पराजित हुँदै आएको छ । २१ पटक एक–अर्काविरुद्ध भिड्दा बेल्जियम २ पटक मात्र जित निकल्न सफल भएको छ । इंग्ल्यान्डले १५ पटक जितेको छ । ४ खेलमा बराबरी भएको छ ।

जितको खोजीमा पानामा
पहिलोपटक सहभागिता पानामा फराकिलो हारले आजित बनेको छ । विश्वकप यात्रालाई सुखद अन्त गर्न ट्युनिसियालाई हराउन मैदानमा उत्रनेछ । ट्युनिसिया बेल्जियम र इंग्ल्यान्डसँग फराकिले अन्तरले पराजित भएको छ ।

 

आजको खेलमा जो चम्किन सक्छन्

 केसुके होन्डा
जापान, स्ट्राइकर

सेनेगललाई २–२ को बराबरीमा रोक्दा जापानका लागि केसुके होन्डाले पनि एक गोल थपेका थिए । नकआउट चरण स्थान सुरक्षित गर्न जापानले पोल्यान्डको सामना गर्दै छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको पोल्यान्डको रक्षापंक्तिलाई चुनौती दिन होन्डा सक्षम छन् ।

सामान्य स्पेस पाउँदा पनि होन्डा सहजै गोल गर्न सक्छन् । वर्तमान जापानी टिमकै सर्वाधिक अनुभवी खेलाडी होन्डाले अहिलेसम्म ९७ अन्तर्राष्ट्रिय खेलमा ३७ गोल गरेका छन् ।

एक दशकदेखि राष्ट्रिय टिमको फिनिसिङ जिम्मेवारी सम्हालिरहेका होन्डा एट्याकिङ मिडफिल्डरका रूपमा पनि त्यत्तिकै सफल खेलाडी हुन् । चर्चित युरोपियन क्लबको अनुभव बटुलेका होन्डा पछिल्लो समय पाउकाबाट खेल्छन् । उनले पाउकाबाट २५ खेलमा ७ गोल गरेका छन् ।

जेसी लिंगार्ड 
इंग्ल्यान्ड, मिडफिल्डर

सन् १९६६ पछि उत्कृष्ट प्रदर्शन गरिरहेको इंग्लिस टोलीको कमान्ड ह्यारी केनले सम्हालिरहेका छन् । केनको टिममा जेसी लिंगार्डजस्ता बहुप्रतिभाशाली स्ट्राइकर पनि छन् । पानानामाविरुद्ध एक गोल गरेका लिंगार्डले ठूलो प्रतियोगितामा प्राप्त अवसरमा योगदान दिन सक्ने सन्देश दिए ।

विशेषतः एट्याकिङ मिडफिल्डर भूमिकामा फिट रहने लिंगार्ड स्ट्राइकरमा पनि त्यत्तिकै जम्ने खेलाडी हुन् । सन् २०११ मा म्यानचेस्टर युनाइटेडजस्तो महँगो क्लबमै अनुबन्ध भएका लिंगार्ड अहिले लोनमा इंग्यान्डकै डर्बी काउन्ट्री क्लबबाट खेल्छन् ।

२०१६ देखि राष्ट्रिय टिममा रहेका लिंगार्डले १४ खेलमा २ गोल गरेका छन् । बेल्जियमविरुद्धको महत्वपूर्ण खेमला लिंगार्ड पनि प्रभावशाली खेलाडीमा पर्न सक्छन् ।

रामेलु लुकाकु 
बेल्जियम, स्ट्राइकर

चालु विश्वकप प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको शीर्ष ३ भित्र रहेका रोमेलु लुकाकु उत्कृष्ट फर्ममा छन् । इंग्ल्यान्ड र बेल्जियमबीचको खेलले समूह जीको विजेताको छिनोफानो हुनेछ । निर्णायक खेलमा बेल्जियमले लुकाकुबाट गोलको अपेक्षा राखेको छ ।

काउन्टर एट्याक्ट र डिबक्सभित्र प्राप्त अवसरमा लुकाकु त्यत्तिकै राम्रो फिनिसिङ गर्न सक्छन् । कमजोर डिफेन्स पाउँदा उनलाई गोल गर्न समय लाग्दैन इंग्ल्यान्डको जबरजस्त डिफेन्सलाई चुनौती दिन उनी तयार छन् ।

यसै सिजनमा एभर्टनबाट म्यानचेस्टर युनाइटेडमा लोनमा गएका लुकाकुले ३४ खेलमा १६ गोल गरेका छन् । राष्ट्रिय टिमबाट उनले ७१ खेलमा ४० गोल गरेका छन् । सन् २०१० देखि उनी बेल्जियमको राष्ट्रिय टिममा छन् ।

साडिओ माने 
सेनेगल, स्ट्राइकर

लिभरपुलका स्ट्राइकर साडियो माने त्यति खासै फर्ममा छैनन् । सेनेगलले पहिलो देखि नै मानेमाथि ठूलो विश्वास राखिएको थियो । सेनेगलका स्टार खेलाडीमा अगाडि रहेका मानेले कोलम्बियासँगको खेलमा अन्तिम अवसरका रूपमा लिएका छन् ।

सन् २०१६ देखि लिभरपुलमा रहेका मानेले ५६ खेलमा २३ गोल गरेका छन् । सन् २०१२ देखि राष्ट्रिय टिमबाट प्रतिस्पर्धा गरिरहेका मानेले ५४ खेलमा १५ गोल ठोकेका छन् ।

 

Comment with Facebook

Share This News !

Ads




shares