फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

विश्व फुटबलमा सर्वाधिक प्रतिष्ठित मानिने फिफा वर्ष खेलाडीका लागि अन्तिम १० को मनोनयन सार्वजनिक गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार सार्वजनिक गरेको मनोनयनमा युवा स्टार केलिएन एम्बाप्पेदेखि पाँचपटकका विजेताहरू लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका साथमा विश्वकप फुटबलमा उत्कृष्ट खेलाडी घोषित लुका मोड्रिकले आफूलाई छनोटमा पार्न सफल भए । तर, विश्वकै सर्वाधिक महँगा ब्राजिलियन स्टार नेमार भने वर्ष खेलाडीको मनोनयनमा पर्न सकेनन् ।

फ्रान्सका तीन खेलाडी
फिफाले सार्वजनिक गरेको मनोनयनमा विश्वविजेता फ्रान्सका तीन खेलाडी अन्तिम १० मा स्थान बनाउन सफल भए । फ्रान्सलाई विश्वकप जिताउँदा उत्कृष्ट प्रदर्शन गरेका एन्टोनी ग्रिजम्यान, युवा स्टार केलिएन एम्बाप्पे तथा २५ वर्षीय राफयल भरानेले मनोनयनमा स्थान पक्का गरे ।

रोनाल्डो मेसी दौडमा
वर्ष खेलाडीको अवार्डका लागि समान पाँचपटक उपाधि जित्न सफल पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो तथा बार्सिलोनाका स्टार लियोनल मेसी अन्तिम १० मा स्थान बनाउन सफल भए । रोनाल्डोले रियल म्याड्रिडलाई गत सिजनमा लगातार तस्रोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउँदा निर्णायक भूमिका निभाएका थिए भने बार्सिलोनाका स्टार लियोनल मेसीले क्लबलाई स्पेनिस लालिगाको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, दुवै खेलाडीले विश्वकपमा टिमलाई प्रिक्वार्टरफाइनलभन्दा अघि लान सकेनन् । अर्जेन्टिना अन्तिम १६ मा विजेता फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो भने पोर्चुगल उरुग्वेसँग पराजित भएको थियो ।

केन एक मात्र इंग्लिस खेलाडी
विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जित्न सफल इंग्ल्यान्डका ह्यारी केन पनि मनोनयनमा आफूलाई उभ्याउन सफल भए । उनले १९९० पछि इंग्ल्यान्डलाई उच्च स्थानमा पु¥याएका थिए । केनले १९८६ मा गेरी लिंकरपछि ठूलो उपाधि जित्ने इंग्लिस खेलाडीको कीर्तिमानसमेत बनाएका थिए । साथै, उनले प्रिमियर लिगमा पनि टोटनह्यामका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै सिजनमा ३० गोल गरेका थिए ।

मनोनयनमा पर्न सफल खेलाडी
क्रिस्टियानो रोनाल्डो (युभेन्टस,पोर्चुगल)
केभिन डी ब्रुयन
(म्यानचेस्टर सिटी, बेल्जियम)
एन्टोनी ग्रिजम्यान
(एट्लेटिको म्याड्रिड, फ्रान्स)
इडेन हजार्ड (चेल्सी, बल्जियम)
ह्यारी केन (टोटनह्याम, इंग्ल्यान्ड)
केलिएन एम्बाप्पे (पिएसजी, फ्रान्स)
लियोनल मेसी
(बार्सिलोना, अर्जेन्टिना)
लुका मोड्रिक
(रियल म्याड्रिड, क्रोएसिया)
मोहम्मद सलाह (लिभरपुल, इजिप्ट)
राफयल भराने
(रियल म्याड्रिड, फ्रान्स)

 

Comment with Facebook

Share This News !

Ads




shares