पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

काठमाडौँ,आषाढ २ गते।
क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् । पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल्डोले सदुपयोग गरे । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए । क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई फेरि अग्रता दिलएका छन् । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गरेका रोनाल्डोले खेलको ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका हुन् । रोनाल्डोले डी बक्स नजिकैबाट हानेको शक्तिशाली प्रहार स्पेनका किपर डेभिड डेयाको हातमा लागेर टाङ्गमुनिबाट छिरेर जालीमा पुगेको थियो ।

खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३-२ को अवस्थामा पुग्यो । तर खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो । डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पाएकोव फ्रीकिकमा उनै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे र स्पेनसँग अंक खोस्न सफल भए ।

खेलपछि स्पेन र पोर्चुगल दुबैले १/१ अंक जोडेका छन् । शुक्रबार नै भएको समूह बी अन्तर्गत इरान र मोरक्कोबीचको खेलमा मोरक्कोलाई १-० ले निराश बनाउँदै इरानले ३ अंक जोड्न सफल भएको छ । समूह चरणको पहिलो खेल सकिँदा ऊ समूह ए को शिर्षस्थानमा रहेकाे छ ।

Comment with Facebook

Share This News !

Ads




shares