पहिलो खेलमा जित हात पार्न असफल ब्राजिल

मस्को,आषाढ ४ गते

समुह ई अन्तरगत मध्यराती भएको खेलमा ब्राजिल स्विटजरल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाढ्न बाध्य भयो ।  ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए ।

प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे ।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।

खेल अवधिभर स्विट्जरल्याण्डमाथि हावी भएको ब्राजिलका आधा दर्जन प्रहार असफल भएका थिए ।  सोही समुहको अर्को खेलमा भने सर्बियाले कोष्टारिकालाई १–० ले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बरारबीमा सकिएपनि ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल उसलाई जिताउन निर्णायक बन्यो ।  विश्वकप फुटबलमा आज बिभिन्न ३ खेल हुनेछन् । आज समुह एफका स्विडेन र दक्षिण कोरिया तथा समुह जी अन्र्तगतका बेल्जियम र पानामा तथा ईङल्याण्ड र ट्युनिसियाबिच प्रतिस्पर्धा हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares