दाबेदार फ्रान्सलाई जितको चुनौती

काजान , आषाढ २ गते।

व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्ननसकेको दुई दशक पूरा भएको छ। घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यसयता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ। अझ दुई वर्षअघि आफैले आयोजना गरेको युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्सले पोर्चुगलसँग फाइनलमा पराजय भोग्नुपरेको थियो।

यसपाली रुसमा जारी विश्वकप फ्रान्सका लागि दोस्रो पटक विश्व च्याम्पियन बनाउन उपयुक्त थलो बन्न सक्छ। छनोट चरणमा इतिहासकै सर्बोत्कृष्ट नतिजा निकाल्दै रुसको टिकट पक्का गरेको फ्रान्सले शनिबार अष्ट्रेलियासँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ। समूह ‘सी’ को पहिलो खेलमा जित हासिल गर्न सके नकआउट चरण सहज हुने डिडियर डेशच्याम्पसको टोलीलाई राम्ररी थाहा छ। यसपाली उपाधि जित्ने लक्ष्यमा रहेको टोलीको मनोबल कायम राख्न पनि फ्रान्ससामू जितको विकल्प छैन। पेरिसमा दुई दशकअघि विश्वकपको उपाधि जितेका कप्तान डिडियर डेसच्याम्प अहिले प्रशिक्षक छन् । उनले केही समस्याको सामना गर्दै कठिन मानिएको प्रतिद्वन्द्वी अस्ट्रेलियाविरुद्धको खेलसँगै शनिबार यसपालिको अभियान सुरु गर्दै छ । उनका सम्पत्तिको रूपमा रहेको प्रतिभाशाली फ्रान्सेली युवा टिमले प्रतिष्ठा जोगाउने विश्वास गरिएको छ ।

वास्तुशास्त्रअनुसार फ्रान्सले युरो २०१६ मा सफलता पाउनुपर्ने थियो । स्टाड डे फ्रान्समा भएको फाइनलको अतिरिक्त समयमा पोर्चुगलले सजाय दिँदा डेसच्याम्प स्तब्ध भएका थिए । दुई वर्षपछि युवा खेलाडीहरू किलियन एमबाप्पे र ओसमान डेम्बेलेप्रति उच्च आशा गर्दै फ्रान्सेली टिम रुस पुगेको हो । जस्तो भए पनि पछिल्ला तहमा जर्मनी, स्पेन, ब्राजिल, अर्जेन्टिनाजस्ता ठूला टिमहरूसँग खेल्न पनि पर्याप्त छ ।

यसपाली पनि डेशच्याम्पसको टोलीमा एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौड र किलियन एमबाप्पेजस्ता स्टार खेलाडीको साथ छ। मिडफिल्डमा पाउल पोग्बा लयमा फर्कनु डेशच्याम्पसका लागि अर्को सुखद पक्ष बन्न सक्छ। तर, रक्षक बेन्जामिन मेन्डे घुँडाको चोटका कारण खेल्नेमा दुविधा छ। जुन प्रशिक्षकका लागि चिन्ताको विषय हो। २००६ को उपविजेता फ्रान्स सन् २०१० र २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो।

बार्सिलोनाको अवसर रोक्दै एट्लेटिको म्याड्रिडमै बस्ने बिहीबार घोषणा गरेका एन्टोइन ग्रिजमन विश्व फुटबलकै ठूला सम्पत्ति हुन् । उनले युरो २०१६ मा जस्तै रुसमा पनि उत्कष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

यता दुई चरणको प्लेअफ पार गर्दै विश्वकपमा पाइला टेकेको एसियाली राष्ट्र अस्ट्रेलिया फ्रान्ससँग अंक खोस्ने लक्ष्यमा छ। प्रशिक्षक बर्ट भान मार्विचको प्रशिक्षणमा रहेको अस्ट्रेलिया प्रतियोगितामा दरिलो उपिस्थिती देखाउन पनि फ्रान्ससँग कम्तिमा अंक खोस्न चाहन्छ। अस्ट्रेलियाको प्रशिक्षण सम्हाल्नुअघि मार्विच साउदी अरेबियाका प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा साउदी अरेबियाले विश्वकपको टिकट पक्का गरको होे। अस्ट्रेलियाली फुटबल संघले गत वर्ष मार्विचलाई एन्जे पोस्टेकोग्लुको ठाउँमा नियुक्त गरेको थियो।

अस्ट्रेलियाका कप्तान टिम काहिल रुसमा गोल गर्दै ब्राजिलका पेले तथा जर्मनीका युइए सिलर र मिरोस्लाभ क्लोजसँगै आफूलाई पनि विश्वकपका चार संस्करणमा गोल गर्ने खेलाडीको रुपमा उभ्याउन चाहन्छन्। भेट्रान फरवार्ड काहिलले यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए। यद्यपी २००६ को विश्वकपमा अन्तिम १६ सम्म पुग्नु अस्ट्रेलियाले विश्वकपमा पाएको अहिलेसम्मकै ठूलो उपलब्धी हो। २०१० र २०१४ मा भने अस्ट्रेलियाको विश्वकप यात्रा समूह चरणमै सिमित बनेको थियो।

पोग्बाको समय ?
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा युरो २०१६ को निराशाजनक यात्राको दुई वर्षपछि अन्तत: ठूला प्रतियोगितामा चम्किने आस गरिएको छ । उनीसँगै पहिलोपल्ट विश्वकप खेल्न लागेका पेरिस सेन्ट जर्मेनका १९ वर्षीय स्ट्राइकर एमबाप्पे पनि छाउने आशा छ ।

तुलनात्मक रूपमा हेर्ने हो भने अस्ट्रेलियाका प्रशिक्षक बर्ट भान मार्विकले सकरुरको आक्रमण कस्ले सम्हाल्ने भन्ने निर्णय अझै गरिसकेका छैनन् । ए–लिगद्वारा अस्वीकार गरिएका एन्ड्रयु नाबोट स्वीस क्लब लुसेर्नका टोमी जुरिचभन्दा प्रतिस्पर्धामा अगाडि छन् । जनवरीमा आंगे पोस्टेकोग्लोउले छाडेपछि टिम सम्हालेका भान मार्विकले अस्ट्रेलियाको रक्षात्मक खेलमा ध्यान दिएका छन् र अझै सुधार गर्न बाँकी नै छ ।

अस्ट्रेलियासँग केही ठूला नाम छन् तर नाबोटसँग त्यो स्तर रहेकाले समस्या छैन । ‘फ्रान्सविरुद्ध जिम्मेवारी पूरा गर्ने दायित्व छ,’ जे–लिग टिम उरवा रेड्समा आबद्ध नाबोटले भने, ‘ठूला नामका खेलाडीको क्षमतासँग हामी सचेत छौं । तर हामीसँग संरचना र रणनीति छ । हामीले आफ्नो उत्कृष्ट कौशल देखाउनसके उसलाई समस्यामा पार्न सक्छौं ।’

अस्ट्रेलियाका डिफेन्डर जोस रिसडनले भान मार्विकले टिममा बोलाएपछि हनिमुन स्थगित गरेका थिए । ‘हाम्रो अभियानमा यो निकै कठिन हुनेछ,’ उनले भने, ‘अवसर ठूलो छ । विपक्षी उत्कृष्ट छ । खेलका लागि तयार हुनु राम्रो हुनेछ ।’

आठ वर्षअघि दक्षिण अफ्रिकामा प्रशिक्षक रेमन्ड डोमेनिकलाई दुव्र्यवहार गरेपछि स्ट्राइकर निकोलस एनेल्कालाई घर फर्काइएको थियो । डेसच्याम्पले तुलनात्मक रूपमा राम्रो व्यवहार र सम्मानयोग्य टिम सम्हालेका छन् 

Comment with Facebook

Share This News !

Ads




shares