ईङ्ल्याण्डको कठीन जित,बेल्जियम विजयीको सुरुवात

मस्को,आषाढ ५ गते ।

फिफा विश्वकपको समूह जी अन्तरगत इङ्ल्याण्ड र ट्युनिसिया बीचको खेलमा इङ्ल्याण्डले कठीन जित निकालेको छ ।  उपाधि दावेदार मानिएको एक पटकको विश्व विजेता इङ्ल्याण्डले अफ्रिकन टोली ट्युनिसियामाथि २-१ को  जित हात पारेको हो ।

इङ्ल्याण्डको जितका लागि  दुवै गोल ह्यारी केनले गरे समुह जी अन्तर्गत गएरातीको खेलमा ईङल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्‍यो । ईङल्याण्डको जितमा दुबै गोल हेरी केनले गरे । खेलको ११ औं मिनेटमा पहिलो गोल गरेका केनले ईन्ज्युरी समयमा अर्को गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।   ट्युनिसियाले पेनाल्टीको अवसर पाएपछि ३५ औं मिनेटमा फरजानी सासीले गोल गरी खेल बराबरी गरे ।

खेलको अन्तिमसम्म १-१ को बराबरी रहेकोमा ९० मिनेटपछिको अतिरिक्त समयमा टोलीका कप्तानसमेत रहेका ह्यारी केनले व्यक्तिगत दोस्रो गोली गरी इङ्ल्याण्डलाई जितसहित ३ अंक दिलाउन सफल भए । जितपछि समूह चरण पार गरी अघि बढ्न इङ्ल्याण्डका लागि सहज भएको छ । अधिकांश समय ट्युनिसियालाई दबाबमा राखेको ईङल्याण्डका थप ८ प्रहार भने बिफल भएका थिए ।   सोहि समुहको अर्को खेलमा बेल्जियमले पानामालाई ३–० ले स्तब्ध पार्‍यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्दै पहिलो खेलमै ३ गोल जोड्न सफल भयो । रोमेलु लुकाकुले २ तथा ड्यारिस मार्टिनले १ गोल गर्दै उसलाई महत्वपुर्ण जित दिलाए । बिश्वकप फुटबलमा डेब्यु गरेको पानामा बिरुद्ध फिफा वरियातामा तेस्रो स्थानमा रहेको बेल्जियम हावी भएको थियो ।

 

 

 

Comment with Facebook

Share This News !

Ads




shares