चेल्सीबिरुद्द म्यानचेस्टर युनाइटेड विजयी

लन्डन,फागुन १४ गते।
इङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति दुई ठुला क्लबबीचको भिडन्तमा म्यानचेस्टर युनाइटेडले बाजी मारेको छ । डिफेन्डिङ च्याम्पियन चेल्सीसँगको प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको यो खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन रोमेलु लुकाकु र जेले लिङ्गार्डले गोल गरे ।

यद्यपि यो खेलमा अग्रता भने पराजित भएको चेल्सीले लिएको थियो ।चेल्सीका लागि ब्राजिलियन विङ्गर विलियनले खेलको ३२ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।
तर खेलको ३९ औँ मिनेटमा चेल्सीको डि बक्समा अल्मलिएको बललाई म्यानचेस्टर युनाइटेका लुकाकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा युनाइटेडका लागि खेलको ७५ औँ मिनेटमा लुकाकै पासमा जेजे लिङ्गार्डले गोल चेल्सीबाट महत्वपूर्ण ३ अंक खोस्न सफल भए ।
यो जितपछि युनाइटेड २८ खेलबाट ५९ अंकसहित लिगको दोस्रो स्थानमा छ । पराजित चेल्सी २८ खेलबाट ५३ अंकसहित च्याम्पियन्स लिगका लागि संघर्षरत छ । पहिलो स्थानमा २७ खेलबाट ७२ अंकसहित म्यानचेस्टर सिटी पहिलो स्थानमा छ । आजै भएको अर्को खेलमा ह्यारी केनको गोल मद्धतमा टोटनह्याम हटस्पर्सले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । यो जितपछि टोटनह्याम २८ खेलबाट ५५ अंकसहित लिगको चौथो स्थानमा छ ।

Comment with Facebook

Share This News !

Ads




shares