एन्फा चुनाव हुने

काठमाडौँ, बैशख २१ गते।
बुधबार कन्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दसहितले काठमाडौं जिल्ला अदालतमा एन्फा चुनावलाई लिएर निषेधाज्ञाको मागसहित दायर मुद्दामा बिहीबार अदालतले कुनै अन्तरिम आदेश जारी नगरेपछि चुनाव हुने पक्का भएको हो । रिटमा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, निर्वाचन समिति, सचिवालयलगायतलाई विपक्षी बनाइएको थियो । निर्वाचन समितिले तोकेको मिति विधानसम्मत नभएको भन्दै अध्यक्ष मणि कुँवर प्यानलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै असहमति जनाएको थियो । सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्याशी कुँवरले चुनावको मिति परिवर्तन नगरे अदालत जाने–नजाने भन्नेमा सल्लाह गर्ने बताएका थिए । बुधबारै कुँवर पक्षधर केही उम्मेदवारले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि निर्वाचन हुनेमा शंका पैदा भएको थियो । मुद्दा दायर गर्नेमा चन्दसहित काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, बाराका महमद समिउल्लाह, पर्साका मानदेव हजारा, ललितपुरका पुरुषोत्तम थापा, सिरहाका प्रवीणकुमार यादव, कैलालीका मोहित साह र सातदोबाटो युथ क्लबका अशोक विष्ट निवेदक थिए । चन्दसँगै शाही र समिउल्लाहले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने मोहितबाहेक अन्यले सदस्यमा प्रतिस्पर्धा गर्दै छन् ।

चन्दसहितले अदालतमा माग गरेको अन्तरिम आदेशबारे न्यायाधीश रमेशराज पोखरेलको इजलासले एन्फा निर्वाचन समितिले तोकेकै मितिअनुसार निर्वाचन गर्न सक्ने देखिएको जिकिर गरेको छ । यसबाहेक बुधबार अनेकन विवाद र अड्चन छिचोल्दै अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा वैशाख २२ मै हुने पक्का भएको छ । कन्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दसहितले काठमाडौं जिल्ला अदालतमा एन्फा चुनावलाई लिएर निषेधाज्ञाको मागसहित दायर मुद्दामा बिहीबार अदालतले कुनै अन्तरिम आदेश जारी नगरेपछि चुनाव हुने पक्का भएको हो । रिटमा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, निर्वाचन समिति, सचिवालयलगायतलाई विपक्षी बनाइएको थियो ।

निर्वाचन समितिले तोकेको मिति विधानसम्मत नभएको भन्दै अध्यक्ष मणि कुँवर प्यानलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै असहमति जनाएको थियो । सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्याशी कुँवरले चुनावको मिति परिवर्तन नगरे अदालत जाने–नजाने भन्नेमा सल्लाह गर्ने बताएका थिए । बुधबारै कुँवर पक्षधर केही उम्मेदवारले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि निर्वाचन हुनेमा शंका पैदा भएको थियो । मुद्दा दायर गर्नेमा चन्दसहित काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, बाराका महमद समिउल्लाह, पर्साका मानदेव हजारा, ललितपुरका पुरुषोत्तम थापा, सिरहाका प्रवीणकुमार यादव, कैलालीका मोहित साह र सातदोबाटो युथ क्लबका अशोक विष्ट निवेदक थिए । चन्दसँगै शाही र समिउल्लाहले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने मोहितबाहेक अन्यले सदस्यमा प्रतिस्पर्धा गर्दै छन् ।

उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशन भइसकेको सन्दर्भमा मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपरेको व्यहोरा अदालतले जारी गरेको छ । यसअघि २०७४ चैत १४ लाई तोकिएको एन्फा चुनाव भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले निर्वाचनमा सहभागी हुन नपाएको भन्दै पाटन उच्च अदालतमा मुद्दा हालेपछि स्थगित भएको थियो । एन्फाले दुवै जिल्लामा निर्वाचन सम्पन्न गरेपछि वैशाख १२ गते उच्च अदालतले अन्तरिम आदेश खारेज गर्दै चुनावी बाटो खोलेको थियो । निर्वाचन समितिले त्यसअघि वैशाख ९ गते नै सचिवालयलाई आदेश खारेज भएमा वैशाख २२ गते चुनाव गर्न सकिने निर्णय गर्दै पत्राचार गरेको थियो ।

शनिबारलाई तय भएको चुनावमा एन्फा अध्यक्ष पदका लागि मणि कुँवर र कर्माछिरिङ शेर्पा भिड्दै छन् । चार उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । कुँवर पक्षबाट महमद समिउल्लाह, गणेशबहादुर चन्द, विराटजंग शाही र सुनील राणा प्रतिस्पर्धामा छन् । शेर्पा प्यानलबाट पंकजविक्रम नेम्वाङ, किशोर राई, कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंहको उम्मेदवारी परेको छ । दाबीविरोधको समयमा नाम फिर्ता नलिए पनि प्रत्याशी किशोर राईले आफूले चुनाव नलड्ने बताउँदै आएका छन् ।
एन्फा कार्यसमितिका लागि हुने १२ सदस्य पदमध्ये एक महिला सदस्यको छिनोफानो भने चुनावअगावै भइसकेको छ । दुई जनाको उम्मेदवारी परेकामा रमा भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पेमा लामा महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । यसबाहेक बाँकी रहेको ११ सदस्य पदमा भने २९ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । चुनावी साधारणसभा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ ।

Comment with Facebook

Share This News !

Ads




shares