एमालेले बुझायो ४१ जना समानुपातिक सांसदको सूची

काठमाडौँ, माघ २९ गते।
नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकबाट सांसद बन्ने ४१ जनाको सूची निर्वाच आयोगमा बुझाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकबाट सांसद बन्नेहरुको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको हो ।
समानुपातिक निर्वाचन प्रणाली अनुसार चुनिने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नामको टुंगो गरेर एमालेले बुझाएको हो । एमालेले पाएको सिट संख्या अनुसार समावेशी समूह मिलाएर आयोगले तोकेको बन्दसूची अनुसार पेश गरिएको हो । राष्ट्रिय सभामा एमालेबाट ११ जना महिला विजयी भएपछि एमालेबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा २ जना पुरुष थपिएका छन् । थपिनेहरुमा आदिवासी जनजाति पुरुबाट विजय सुब्बा र मधेसी पुरुषको तर्फबाट मोतीलाल दुगड सांसद भएका छन् ।
दुई पुरुष थपिएपछि महिलातर्फ खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम अन्तिममा काटिएको छ। कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका दुगडले सांसद बन्न पाएका हुन् । दुगड व्यवसायी पनि हुन् ।

एमालेका समानुपातिक सांसद्‍:

१. मुकुन्द न्यौपाने (खस आर्य/पुरुष)

२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

४. मोतीलाल दुगड (मधेसी/पुरुष)

५. थममाया थापा (आदिवासी जनजाति/महिला)

६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)

७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)

९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)

११. नवीना लामा (आदिवासी जनजाति/महिला)

१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)

१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)

१६. बिन्दा पाण्डे (खसआर्य/महिला)

१७. गोमा देवकोटा (खसआर्य/महिला)

१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)

१९. निरुदेवी पाल (खसआर्य/महिला)

२०. मनकुमारी जिसी (खसआर्य/महिला)

२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)

२२. विष्णु शर्मा (खसआर्य/महिला)

२३. सरिता न्यौपाने (खसआर्य/महिला)

२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)

२५. तीर्था गौतम (खसआर्य/महिला)

२६. शान्ता चौधरी (थारु÷महिला)

२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)

२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२९. निरादेवी जैरु (दलित/महिला)

३०. बिमला विश्वकर्मा (दलित/महिला)

३१. बिमला विक (दलित/महिला)

३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)

३३. सानु शिवा (दलित/महिला)

३४. आशाकुमारी विक (दलित/महिला)

३५. जुलीकुमारी महतो (मधेसी/महिला)

३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)

३७. सरलाकुमारी यादव (मधेसी/महिला)

३८. रेखाकुमारी झा (मधेसी/महिला)

३९. सरिताकुमारी गिरी (मधेसी/महिला)

४०. कालिला खान (मुस्लिम/महिला)

४१. समिना हुसेन (मुस्लिम/महिला)

Comment with Facebook

Share This News !

Ads




shares