अन्ततः बाम गठबन्धनमा मिल्यो भागडबन्डा

बाम गठबन्धनमा मिल्यो भागडबन्डा, ७०/३० को अनुपात

अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री, सभामुख, उपसभामुख बाँडफाँडको टुंगो लगाएका छन् ।
एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलले ७०-३० को अनुपातमा भागबन्डा बिशयमा अन्तिम टुंगो लगाएको हो । आइतबार सिंहदरबारमा बसेको कार्यदल बैठकमा एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री बाँड्ने सहमति भएको हो । सहमति अनुसार एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ ।
बैठकले प्रदेश सभामुख पदको भागवण्डा पनि टुंग्याएको छ । जसअनुसार १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले तथा ४ र ५ नम्बर प्रदेशको सभामुख माओवादीले पाउने छ । उपसभामुख पद भने माओवादीको भागमा चार तथा एमालेको भागमा दुई वटा परेको छ । प्रदेश नम्बर ४ र ५ मा उपसभामुख एमालेले लिने र अन्य १, ३, ६ र ७ माओवादीले लिने सहमति भएको छ । त्यसैगरी प्रान्तीय संसदका विभिन्न समितिहरुको सभापतिमा पनि एमाले र माओवादीबीच ७०-३० कै अनुपातमा भागबन्डा हुने छ । यही अनुपात मन्त्रिपरिषद्का सदस्यहरुको पनि रहने छ ।
कार्यदलको निर्णयअनुसार प्रान्तीय सरकारको मन्त्रिपरिषदको सदस्य संख्या ७ देखि ११ जनाको मात्र हुने छ । थोरै संख्या भएकोमा ७ र धेरैमा ११ जना ननाघ्ने गरी मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएको कार्यदलका सदस्यहरुले बताएका छन् । समितिका सभापतिहरु र मन्त्रिपरिषद्का सदस्यहरुको पोर्टफोलियो छान्ने काम भने मुख्यमन्त्री र प्रदेशसभाको संसदीय दलको नेताले छलफल गरेर तय गर्ने पनि सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहमति लिएरै कार्यदलले बाडफाँड टुंगो लगाएको हो । प्रदेश नम्बर २ मा भने बाम गठबन्धनको बहुमत छैन ।
सो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनले बहुमत ल्याएको छ । त्यसैले यसबिशयमा कार्यदलले कुनै निर्णय नगरेको हो ।

Comment with Facebook

Share This News !

Ads




shares