सरकार छाड्ने माओवादी केन्द्रको निर्णय:

२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएको उसले बताएको छ ।

यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्ने अझै टुंगिएको छैन ।माओवादी नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकार छाड्ने निर्णय भएको छ ।’

केही मन्त्री राजधानी बाहिर रहेकाले भोलिसम्ममा सरकार छाड्ने तयारी रहेको पोखरेलले बताए । उनले भने, ‘पार्टी फिर्ता बोलाउनेतिर जान्छौं होला ।’

 

Comment with Facebook

Share This News !

shares