चुनावी नतिजा अविलम्ब घोषणा होस्: वाम गठबन्धन

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा राष्ट्रियसभा गठन नभइञ्जेल टुंग्याउन नमिल्ने धारणा निर्वाचन आयोगले राखिरहेका बेला एमाले र माओवादी केन्द्रका नेताहरुको संयुक्त टोलीले सोमबार सो संवैधानिक निकायका उच्चअधिकारीहरुलाई भेटेको थियो।

उक्त भेटपछि पत्रकार सम्मेलनमा बोल्दै एमालेका एक नेताले ताजा जनादेशअनुसार नतिजा अविलम्ब घोषणा नभए त्यसले गम्भीर परिणाम निस्कने चेतावनी दिए, तर उनले त्यस’bout प्रष्ट खुलाएनन्।

असन्तुष्ट

हालैको चुनावबाट सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित एमाले र उसको गठबन्धन सहयात्री माओवादी केन्द्र सत्तारोहणको पर्खाइ लम्बिंदै गएपछि तीव्र रुपमा असन्तुष्ट छन्।

त्यही असन्तुष्टि लिएर सोमबार निर्वाचन आयोग पुगेका ती दलका नेताहरुले चुनावी परिणाम रोक्नुपर्ने कुनै संवैधानिक अड्चन नरहेको तर्क गर्दै तत्काल सार्वजनिक गर्न आग्रह गरेको बताइएको छ।

प्रमुख निर्वाचन आयुक्तसहितका आयोगका उच्चअधिकारीहरुसँग करिब दुई घण्टा लामो छलफलपछि पत्रकारहरुलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने, “निर्वाचन आयोगको मूल काम भनेको जनताले दिएको अभिमतलाई छिटोभन्दा छिटो सार्वजनिक गर्नु हो। कानुन र संविधानको व्याख्या पनि तदनुकूल नै गर्नु सबैको दायित्व हो”।

नतिजा अविलम्ब घोषणा नभए त्यसले दुष्परिणाम निम्त्याउने रावलले चेतावनी दिए, तर त्यस’bout उनी थप खुल्न चाहेनन्।

उनले भने, “यदि यस्ता प्रक्रियामा विलम्ब भयो भने त्यसबाट निस्कने जुन प्रतिक्रिया छ त्यो लोकतन्त्रको लागि हानिकारक हुन्छ नै, कुनै पनि निकायका लागि सुखद हुँदैन”।

संघीय संसदमा प्रतिनिधित्व गराउनुपर्ने न्यूनतम ३३ प्रतिशत महिलाको अपुग संख्या समानुपातिकबाट ल्याउनुपर्ने भएकाले त्यसअघि राष्ट्रियसभाको निर्वाचन अनिवार्य रहेको र त्यसका कारण प्रक्रिया लम्बिएको निर्वाचन आयोगले बताउँदै आएको छ।

मूल आ

तर एमाले उपाध्यक्ष रावलले भने, “हामी नै हो संविधान बनाउने। त्यसको मूल आसय संघीय संसदमा महिलाको एक तिहाइ उपस्थिति रहनुपर्छ भन्ने हो र हामीले जुन ढंगले अहिलेसम्म प्रक्रिया अपनाएका छौं, त्यो न्यूनतम संख्या सुनिश्चित हुन्छ। त्यसैले राष्ट्रियसभा कुर्नुपर्दैन”।

यद्यपि परिणाम घोषणामा कुनै समस्या रहे त्यसको गाँठो फुकाउन निर्वाचन आयोग र सरकारले तत्काल प्रयास गर्नुपर्नेमा त्यसो नभएको भन्दै वाम गठवन्धनका नेताहरुले त्यसलाई नयाँ सरकार गठनमा ढिलाइ गर्ने नियतका रुपमा अर्थ्याएका छन्।

तर सोमबारको भेटपछि उनीहरु निर्वाचन परिणाम छिट्टै घोषणा हुनेमा आश्वस्त देखिए।

निर्वाचन आयुक्त ईश्वरी पौडेलले भने राष्ट्रियसभा नभई परिणाम घोषणा गर्न कानूनी र संवैधानिक अड्चन रहेको बताएका छन्।

Comment with Facebook

Share This News !

shares