अध्यादेश पारित गराउन भन्दै राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचन पस्चात नयाँ सरकारका गठनका लागि आवश्यक पर्ने राष्ट्रिय सभा सम्बन्धी अध्देयाश पारित गराउनको लागि कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।

Comment with Facebook

Share This News !

shares