सुनसरीमा एमालेको बहिस्कार यथावत !! गच्छेदार बिरुद्ध चौधरीको अग्रता कायमै….!!!

२६ मंसिर, इटहरी : सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अहिले सुचारु भएको छ।

२४ घण्टाभन्दा लामो समयको अन्तरालपछि दिउँसोबाट सुरु गरिएको गणनामा संयुक्त बामगठबन्धनको प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले १ सय ७४ मतको अग्रता कायम राखेकी छिन्।

मतदान अधिकृतले जारी गरेका सूचनाअनुसार चौधरीको ३० हजार ९ सय ११ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारको ३० हजार ७ सय ३७ मत छ।

निर्वाचन आयोगले एकलौटी ढंगबाट मतगणना कार्य सुरु गरेको भन्दै सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेद्वार भगवती चौधरी मतगणना स्थलबाट बाहिरिएकी थिइन।

उनले विवादास्पद बनेको सुनसरी क्षेत्र ३ को मतगणना कार्यमा मतदान अधिकृत समेत परिवर्तनको माग गर्दै निष्पक्ष ढंगबाट मतगणना हुनु पर्ने माग गर्दै बाहिरिएकी हुन्।

Comment with Facebook

Share This News !

Ads




shares