गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट

मंसिर १८, २०७४

नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत अन्य १२ जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरेलगायतका थप परीक्षण पछि उनी घर फर्किएका छन् ।

Gagan Thapa‘घाइते मध्ये दुई जनालाई गम्भीर र अन्यलाई सामान्य चोट लागेको छ,’ डा. प्रसादले भने, ‘उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो ।’ गम्भीर घाइते मध्ये श्याम श्रेष्ठको अबस्था जटिल छ । उनलाई मनमोहन कार्डियो थोरासिक भाष्कुलर सेन्टरमा भर्ना गरिएको छ । काजी श्रेष्ठलाई घुँडाको जोड्नी भाँच्चिएको छ । त्यसको शल्याक्रिय गर्ने तयारी भइरहेको छ । गगन थापालाई लक्षित गरेर बम विस्फोट
अन्य घाइतेहरु जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापालाई डिस्चार्ज गर्ने तयारी भइरहेको पनि डा. प्रसादले जानकारी दिए ।
नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिए ।

Comment with Facebook

Share This News !

shares