सूर्य चिन्ह छोड्दा १० लाख मत घट्छ:- माधव नेपाल

काठमाडौँ ,बैशाख १० गते।
एमाले-माओवादीबीच जनयुद्ध, चुनाव चिन्ह लगायत विषयमा कुरा नमिल्दा एकता प्रक्रिया लम्बिईरहेको छ । नेकपा एमालेले एकिकृत पार्टी विधानमा जनयुद्ध शब्द राख्न नहुने र चुनाव चिन्ह सूर्य नै राख्नुपर्ने अडान राख्दै आएको छ ।
माओवादीले भने विधानमा जनयुद्ध शब्द र चुनाव चिन्ह हसिँया हथौडा नै राख्नुपर्ने बताउँदै आएको छ । जसले गर्दा पार्टी एकता प्रक्रिया लम्बिईरहेको नेताहरुले बताएका छन् । यो विवादको समाधान गर्ने जिम्मेवारी दुई पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।
पछिल्लो समय उनीहरु दिनहुँ जसो छलफलमा छन् । छलफलमा के भईरहेको भन्नेकुरा बाहिर नआएपनि छलफल सकारात्मक भएको दुई अध्यक्षहरुको प्रक्रिया छ । यसैबिच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतापछि चुनाव चिन्ह सूर्य छोड्दा १० लाख मत घट्ने बताएका छन् ।
दुई पार्टीबीच हुने एकतापछि चुनाव चिन्ह सूृर्य नै राख्नुपर्ने अडान राखेका हुन् । एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह नै रहने दाबी गर्दै उनले भने, ‘वाम गठबन्धनले सूर्य चिन्ह छोड्ला कि भनेर ढुक्नेहरु पनि छन् तर हामीले सूर्य चिन्ह छोड्दैन । सूर्य चिन्ह यति लोकप्रिय छ । जनतामा सूर्य चिन्हप्रति असाध्यै माया छ । सूर्य चिन्ह छोड्दा कम्तीमा १० लाख मत घट्न सक्छ ।’
सूर्य चिन्ह आफूले छानेको स्मरण गराउँदै नेता नेपालले सूर्य चिन्ह कुनै हालतमा छोड्न नसकिने बताए । २०४७ सालमा सूर्य चिन्ह मैले नै राजेको हुँ’ उनले भने, ‘त्यस बेला पनि यो चिन्ह ठिक भएन भन्ने विवाद भएको थियो, चिन्ह ठिक भएन भन्नेहरु प्रशस्तै थिए तर पछि सबैलाई सम्झाइयो । सबैले मन पराउँदै गए । अहिले सबैको रोजाई बनेको छ । माओवादी केन्द्रका साथीहरुले पनि यसलाई असाध्यै मन पराउनु भएको छ । त्यस कारण सूर्य चिन्ह परिवर्तन होला कि भनेर कसैले चिन्ता नगरे हुन्छ ।’
साभार केंद्रबिन्दु

Comment with Facebook

Share This News !

Ads

shares