प्रधानमन्त्री ओलीले गरे सचिवालयमा ब्यापक कटौती

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका  छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति बनाउने निर्णय पनि गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । जसमा राजनीतिक समिति,  प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति रहेका छन् ।पहिला २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर ४६ सदस्यीय पुर्‍याइएको थियो । प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदसम्म कार्यकर्ता भर्ती गर्ने गरिन्थ्‍यो । जसलाई तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिँदा राज्यकोषको करोडौं रकम खर्च हुने गरेको थियो ।

Comment with Facebook

Share This News !

Ads




shares