माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या

काठमाडौं, ११ बैसाख

नेकपा एमालेका नेता माधवकुमार नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका छन् । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएको बताए पनि भण्डारीको हत्या कसले गर्‍यो भन्नेबारे भने केहि खुलाएनन् ।

मदन भण्डारीको शालिक लक्ष्मण भुजेलले बनाएका हुन् । ३ रोपनी १३ आना क्षेत्रफलमा बाटिका फैलिएको संरक्षक अग्नी खरेलले बताए । वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो ।

 

Comment with Facebook

Share This News !

Ads




shares