भावुक हुदै कानूनमन्त्रीको राजीनामा

काठमाडौं, साउन ८ गते ।

कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गर्दा भावुक बने । उनले सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदभार ग्रहणको क्रममा नागरिकलाई आवश्यक पर्ने धेरै कानुनहरू बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसलाई तीव्रता दिने बताएका थिए ।  उनले संविधानको मर्मअनुसार कानुन बनाउने, कानुन र न्याय क्षेत्रको बेथिति हटाउनेलगायतका विषयमा त्यतिबेला बोलेका थिए । तर, कानुनमन्त्री शेरबहादुर तामाङले साउन ४ गते एउटा विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दा उनको जागिर नै गयो ।

समृद्धिको सपना बोकेका मन्त्री यो कार्यक्रममा नगएका भए विवादबाट बच्थे होला । सपथ लिएको ४ महिना ८ दिनमा नै कानुनमन्त्रीले मन्त्रीपदबाट राजीनामा दिनुपर्ने अबस्था आयो ।पुशपति शमरेर जवरालाई चुनाव हराएर तामाङ चर्चामा आएका थिए ।

उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको सेवामा सक्रिय रहिरहने बताए । यस्तै उनले आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै आफूप्रति भ्रम फैलाउन केही तत्व पछाडि लागेको आरोप समेत लगाए ।

मन्त्री तामाङले एक कार्यक्रममा  बंगलादेशमा  मेडिकल शिक्षा पढ्ने महिलाबारे दिएको अभिव्यक्ति विवादमा तानिएसँगै यसअघि आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै  क्षमायाचनासहितको विज्ञप्ति पनि निकालेका थिए ।  तर, सोको विरोध हुने क्रम नरोकिएपनि नेकपाले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

Comment with Facebook

Share This News !

Ads




shares