पराजयको कारण खोज्दै कांग्रेस बैठक

काठमाडौँ ,चैत्र ९गते

निर्वाचनमा पराजयको कारण केलाउन शुक्रबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ। निर्वाचनको तीन महिनापछि समीक्षा गर्न भन्दै कांग्रेसको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठक केन्द्रदेखि प्रदेशसम्मै पार्टी एक चौथाइभन्दा कमको प्रतिपक्षमा खुम्चिनुको एजेन्डामा केन्द्रितरहेको नेपाली कांग्रेसले जनाएको छ । समीक्षा बैठक बोलाउन नेता रामचन्द्र पौडेल पक्ष र केही युवा नेताले तारन्तर माग गरिरहेका थिए ।

राष्ट्रिय सभा निर्वाचन, केन्द्रदेखि प्रदेशसम्मका सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख/उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष निर्वाचनको कारण देखाउँदै नेतृत्वले बैठक बोलाउन ढिलाइ गर्दै आएको थियो । निर्वाचन परिणामलाई लिएर संस्थापन र अर्को पक्षबीच ध्रुवीकरण सुरु भएको छ । अब कसरी अघि बढ्ने भन्नेमा दुवैका आ–आफ्नै रणनीति र योजना छन् ।

Comment with Facebook

Share This News !

Ads




shares