अझै बनेन धावन मार्ग “राजविराज विमानस्थल”

सप्तरी, पुस १४ गते,

वर्षाैैंदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको छ । एक वर्ष भित्र नै निर्माण सम्पन्न हुनुपर्नेमा समय सीमा नाघिसक्दा पनि काम सम्पन्न हुन नसकेको हो ।
राजविराज विमानस्थलको कच्ची धावनमार्गका कारण विगत नौ वर्षदेखि यहाँ हवाई सेवा सञ्चालन हुन सकेको छैन । ३० करोड ३० लाख ७४ हजार ५२८ रुपियाँ
(भ्याट सहित) को लागतमा सुरु गरिएको धावनमार्ग ग्राभेल र पिचिङ गर्ने कामको राजधानीका कान्छाराम एण्ड रौहतास कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । २०७३ मङ्सिर ८ गतेदेखि सुरु भएको काम २०७४ मङ्सिर मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने म्याद रहे पनि वर्ष दिन पार गरिसक्दा पनि पिचिङको काम अझ सुरु हुन सकेको छैन ।
कुल एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १०५ मिटर लामो र २० मिटर चौडा ट्क्यासी वेमा माटो, ग्राभेल, सबबेस र घेरबारको कार्य सकिए पनि पिचिङको काम अझ सुरु हुन सकेको छैन । वर्ष दिन पुार हुँदा पनि निर्माण कार्यले गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्दै सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले यसलाई तीव्रता दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयोे, गएको असोज कात्तिकमै यसको निर्माण कार्य पूरा हुनुपर्ने थियो तर गति लिन नसक्नु चिन्ताको विषय हो ।

Comment with Facebook

Share This News !

shares