विहीवार प्रदेश राजधानी तोकिन्दै, धरानको सम्भवना बढ्यो

विहीवार प्रदेश राजधानी तोकिन्दै, धरानको सम्भवना बढ्यो धरानलाई १ नं. प्रदेशको राजधानी बनाउन धरानवासीले प्रधानमन्त्री समक्ष माग गरेका छन् । धरान उपमहानगरपालिको उपप्रमुख मञ्जु भण्डारीको नेतृत्व आएको सर्वदलिय प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेर वहादुर देउवालई प्रधानमन्त्री निवास वालुटारमा भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री देउवाले यस विषयमा सर्वदलिय सहमती खोज्न आफुले बैठक आवहान गरेको वताउनु भयो ।

Image 1करिब २० मिनेट सम्म भएको छलफलमा धरान भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालयहरु सन्चालनको लागी सुविधा सम्पन्न सुरिक्षित भवनहरु रहेको विषयमा विशृत आधारहरु आफुहरुले प्र्रस्तुत गरेको उपप्रमुख भण्डारीले बताउनु भयो । नगर उप्रमुख मञ्जु भण्डारी सुवेदी नेतृत्वको प्रतिनीधी मण्डलले वुधबारै अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलार्ई समेत ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै अर्थ मन्त्री कार्कीले १ नं. प्रदेशको राजधानीको लागी सुनसरी उपयुक्त रहेको बताउनु भएको प्रतिनीधी मण्डलका एक सदस्यले जानकारी दिनु भयो ।

स्रोतको अनुसार मन्त्री कार्की सुनसरी वाटै निर्वाचित प्रतिनीधी भएको कारणले पनि सुनसरीवासीको माग प्रति सकरात्मक रहको र सुनसरीलाई नै अस्थायी प्रदेश राजधानी तोक्नु पर्ने पक्षमा रहनु भएको छ । धरानवाट मंगवार काठमाण्डौ आईपुगेको प्रतिनीधी मण्डलमा नेपाली कांग्रेस नगर सचव श्यम पोखरेल, नेकपा(एमाले) नगर अध्यक्ष नाराण सुवेदी, माओवादी केन्द्रका नगर संयोजक चोत्लुङ, संघिय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष ताजुव लिम्बु,नागरिक समाजका अगुवा तथा एन्फा उपाध्यक्ष किशोर राई, धरानलाई राजधानी बानाउने स्वतन्त्र अभियान समितीका संयोजक अईन्द्र विक्रम वेघा,नेपाली कांग्रसका नेता चन्द्र प्रसाद श्रेष्ठ, धरान सरोकार समाजका प्रतिनीधी राजेन्द्र रिमाल, एमाले युवा नेता रवि खनाल लगायत रहनु भएको छ ।

Image 2

 

 

प्रतिनीधी मण्डलले विभिन्न सरोकारवाला हरु संग आन्तरिक लविं तिव्रपारको छ । सरकारले विहीवार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीको तोक्ने र न्युनतम सहमती कायम गर्न लागी सरकारले सर्वदलीय बैठक आवहान गरि सकेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares